१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

२४ भाद्र २०८२, मंगलवार १४:१५

काठमाडौँ | नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।

यहाँको नाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढी पहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सिजना भएपछि भन्सार विभागले यहाँको नाकालाई वैकल्पिक मार्ग रुपमा सञ्चालनमा ल्याएको हो ।

यहाँको नाकालाई तत्कालका लागि वैकल्पिक मार्ग रुपमा प्रयोग गरिएको भए पनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँको नाकामा मालवस्तु आयातका लागि विभागसँग कार्यालयको ‘अनलाइन’ प्रणाली ‘इन्ट्री’ भइसकेको र चाँडै लोमान्थाङमा भन्सार राजस्व सङ्कलनका लागि प्रभु बैङ्कबाट वित्तीय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

उहाँले यहाँको नाकास्थित चाइनिज भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाइने भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । सोमबार चाइनिज भन्सारमा जाँचपास भएका दुई कन्टेरनको मालवस्तु जाँच भइसकेको बताउनुभयो । उहाँले व्यापारीहरुले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको तथा उक्त मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताउनुभयो ।

यहाँका नाकाबाट ५०० भन्दा बढी डीवाइटी इभी गाडीसहित लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी–जोमसोम–कोरला सडक हुँदै दर्जनौ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरलाई चिनियाँ भूमिमा प्रवेश गराएर मालसामान लोडअनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । उहाँले चिनियाँ सामान ढुवानी गर्न करिब १०० भन्दा बढी कन्टेनर पर्खाइमा बसेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का