2026-09-08 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोरला नाकामा दर्जनौँ कन्टेनर पुगे

काठमाडौँ | नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।

यहाँको नाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढी पहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सिजना भएपछि भन्सार विभागले यहाँको नाकालाई वैकल्पिक मार्ग रुपमा सञ्चालनमा ल्याएको हो ।

यहाँको नाकालाई तत्कालका लागि वैकल्पिक मार्ग रुपमा प्रयोग गरिएको भए पनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँको नाकामा मालवस्तु आयातका लागि विभागसँग कार्यालयको ‘अनलाइन’ प्रणाली ‘इन्ट्री’ भइसकेको र चाँडै लोमान्थाङमा भन्सार राजस्व सङ्कलनका लागि प्रभु बैङ्कबाट वित्तीय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

उहाँले यहाँको नाकास्थित चाइनिज भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाइने भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । सोमबार चाइनिज भन्सारमा जाँचपास भएका दुई कन्टेरनको मालवस्तु जाँच भइसकेको बताउनुभयो । उहाँले व्यापारीहरुले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको तथा उक्त मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताउनुभयो ।

यहाँका नाकाबाट ५०० भन्दा बढी डीवाइटी इभी गाडीसहित लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी–जोमसोम–कोरला सडक हुँदै दर्जनौ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरलाई चिनियाँ भूमिमा प्रवेश गराएर मालसामान लोडअनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । उहाँले चिनियाँ सामान ढुवानी गर्न करिब १०० भन्दा बढी कन्टेनर पर्खाइमा बसेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित