२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु

२०८२, ५ श्रावण आईतवार १३:४३

काठमाडौँ | जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । गलेश्वर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दू धर्मग्रन्थ रामायणको पात्र रावणको जन्म भएको र परापूर्वकालमा ऋषि मुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । जगन्नाथमा तत्कालीन पर्वत राज्यका राजा दिलीप बम मल्लले बनाएको शिखर शैलीको मन्दिर छ ।

म्याग्दी हुँदै मुस्ताङ जाने तीर्थयात्रीलाई गलेश्वर, पछै र जगन्नाथमा भित्र्याउने, बसाइँ लम्बाउने र स्थानीयवासीको सहजताका लागि गण्डकी प्रदेश सरकारमार्फत गलेश्वरबाट पुलाश्रम जगन्नाथ भएर बेनी बजार जोड्ने सडक स्तरोन्नति गर्न थालिएको बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीले बताउनुभयो ।

“गलेश्वरस्थित बेनी-जोमसोम-कोरला खण्डलाई फरालिको पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, नाली, पर्खाल निर्माण र ढलान गर्ने योजना छ”, उहाँले भन्नुभयो, “अहिलेको ठेक्काबाट गलेश्वर-काउलेगौँडा क्षेत्रमा स्तरोन्नति हुनेछ । बाँकी खण्डमा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्न प्रदेश सरकारमा पहल गरेका छाैँ ।”

गण्डकी प्रदेश सरकारले रु तीन करोड ५९ लाख ९८ हजार बजेटको स्रोत सुनिश्चित गरेको उक्त आयोजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरि छनोट भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता भएको योजनामार्फत बेनी-९ मा ढलान र ग्राभेलसहित स्तरोन्नति हुने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताउनुभयो । उहाँका अनुसार तीन सय मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति हुनेछ ।

गत असारमा सम्झौता गरेको ठेकेदार कम्पनीले काउलेगौँडा–कोसेपानी क्षेत्रमा डोजर परिचालन गरेर सडक फराकिलो बनाउने काम थालेको छ । यो सडक सम्पन्न भएसँगै बेनी–९, १०, रघुगङ्गा गाउँपालिका-५, ६ र ८ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यसअघि बेनी नगरपालिकामार्फत गलेश्वर-काउलेगौँडा क्षेत्रमा करिब दुई किमी सडक स्तरोन्नति भएको थियो । गत कात्तिकमा दिवङ्गत हुनुभएकी गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले धार्मिकस्थल गलेश्वर, पुलाश्रम र जगन्नाथ जोड्ने यो सडकलाई बहुवर्षिय ठेक्का आह्वानका लागि प्रदेश सरकारसँग प्रस्ताव गर्नुभएको थियो ।

बेनी-पाखापानी सडकको नेप्टेचौरबाट काउलेगाैँडा र किराखोरबाट तीनमाने हुँदै पछैतर्फ पनि प्रदेश सरकारमार्फत विभिन्न ठाउँमा ढलान भएको छ । प्रदेश सरकारमार्फत गत वर्ष स्रोत सुनिश्चतता भएको रु २० करोड बजेटबाट बेनी-पाखापानी सडकअन्तर्गत बेनी-९ को किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानी जोड्ने चार किमी सडक स्तरोन्नति भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हुँदा बेनी-पाखापानी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु चार करोड बजेट विनियाजन गरेर रु २० करोडको स्रोत सुनिश्चतता गर्ने निर्णय गरेको थियो ।

बेनीबाट किराखोरसम्मको सडक स्तरोन्नति गरेको बेनी नगरपालिकाले बेनी-पाखापानी सडकअन्तर्गत वडा नं ९ को वडा कार्यालयबाट गिठीनी पात्लेखेत हुँदै रघुगङ्गाको झिँ जोड्ने सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा