४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दश किलोमिटर सडक कालोपत्र

२१ जेष्ठ २०८२, मंगलवार १६:५४

काठमाडौँ | सडक डिभिजन कार्यालय दमौलीले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म १० दशमलव २० किलोमिटर सडक कालोपत्र गरेको हो ।

चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश सडकमा कालोपत्र सम्पन्न हुने अवस्थामा रहेको छ ।

कार्यालयले यस अवधिमा पाँच किलोमिटर नयाँ ‘ट्र्याक’ खोल्ने लक्ष्य राखेकामा चार किलोमिटर ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सात दशमलव ५० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेकामा चार किलोमिटर सडक ग्राभेल भइसकेको छ ।

तीनवटा मोटरवेल पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म पुलको काम सुरु हुन सकेको छैन । जीर्ण ठेक्का रहेका कारण पुलको काम हुन नसकेको श्रेष्ठले बताउनुभयो । कार्यालयका लागि चालु आर्थिक वर्षमा रु ८६.१२ करोड बजेट विनियोजन भएकामा हालसम्म ४३ दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ ।

कार्यालयले यस अवधिमा सडक बोर्डतर्फका १५, राजमार्ग पुनस्र्थापन तथा स्तरोन्नतितर्फका पाँच, वैकल्पिक सहायक राजमार्गका ४६, निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फका एकवटा ठेक्का सम्झौता गरी काम सुरु गरेको जनाएको छ ।

कार्यालयको कार्यक्षेत्रभित्र छवटा राष्ट्रिय राजमार्ग, तीन स्थानीय सडक पुल र २८ वैकल्पिक सहायक राजमार्ग छन् । कार्यालयका अनुसार राष्ट्रिय राजमार्गतर्फ खैरेनी–भिमाद–कावासोती, भिमाद–रामपुर–मित्याल, आरुङखोला, आँबुखैरेनी–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, दमौली–न्यौपानेवेसी–भोर्लेटार र डुम्रे–बन्दीपुर सडक कार्यक्षेत्रभित्र पर्दछ ।

त्यसैगरी, स्थानीय सडक पुलतर्फ सेतीगण्डकी, मस्र्याङ्दी नदीमा मोटरवेल पुल, त्रिशूली नदी पुल घुमाउनेघाट कार्यक्षेत्रभित्र पर्ने कार्यालयले जनाएको छ ।

यस अवधिमा निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ रु १२ करोड ६५ लाख ४४ हजार १८४, राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापनतर्फ रु तीन करोड ६८ लाख २९ हजार ७२९, क्षेत्रिय व्यापारिक मार्ग विस्तार आयोजनातर्फ रु एक करोड तीन लाख ५३ हजार ९८२, वैकल्पिक सहायक राजमार्ग विकासतर्फ रु ११ करोड ४५ लाख ४८ हजार ५००, सडक बोर्ड नेपालतर्फ रु दुई करोड ५१ लाख २४ हजार १२१ खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता