४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

नरभक्षी चितुवा नियन्त्रण गरिने

२९ जेष्ठ २०८२, बुधबार १६:२१

काठमाडौँ | यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा नियन्त्रणका लागि बुधबारदेखि खोजतलास गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा चितुवा नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दुई महिनामा बन्दीपुर गाउँपालिका–२ मा चितुवाको आक्रमणबाट दुई बालबालिकाको मृत्यु भइसकेको छ ।

बन्दीपुरका स्थानीयवासीले आज प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दैै चितुवा नियन्त्रण गर्नुपर्ने माग गरे । सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले चितुवा नियन्त्रणका लागि स्थानीय जनशक्ति परिचालन गर्ने, सो जनशक्तिबाट सम्भव नभए राष्ट्रिय निकुञ्ज विभागलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । त्यसैगरी वन क्षेत्रको अध्ययन गरी चितुवाको गणना गर्न गण्डकी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट सोमबार साँझ बन्दीपुर गाउँपालिका–२ कुवादीका छ वर्षीय उत्सव गुरुङको मृत्यु भएको थियो । घरको आँगनमा खेलिरहेका गुरुङलाई चितुवाले आक्रमण गरेको थियो । त्यसैगरी गत चैत २९ गते बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा चितुवाको आक्रमणबाट १० वर्षीया अनुजा विकको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ । तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनी क्षेत्रमा चितुवाको आतङ्क छ । चितुवाको आक्रमणबाट पछिल्ला आठ वर्षमा १६ बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’