२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

२०८२, ३ असार मंगलवार १२:१४

काठमाडौँ | यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले ४८ वटा घर सम्बन्धित परिवारहरूलाई हस्तान्तरण गरेको हो । ‘नमूना आवास कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले सातै वडाका घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य परिवारहरूलाई आवास निर्माण गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको बराबरी हिस्साबाट एक करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटमध्ये रु ८१ लाख ४३ हजार ३९६ मा म्याग्दे मूलबाराही निर्माण सेवाले ठेक्का सम्झौता गरी १६ वटा घर निर्माण गरेको हो ।

त्यसैगरी, चालु आर्थिक वर्षमा रु तीन करोड नौ लाखको समपूरक बजेटबाट थप ३२ वटा घर निर्माण सम्पन्न गरिएको छ । यसका लागि रु एक करोड २० लाख सङ्घीय सरकारले र बाँकी रकम गाउँपालिकाले विनियोजन गरेको हो । पासा शुक्ला जेभीले रु दुई करोड ७३ लाख ५९ हजार ३७४ मा ठेक्का सम्झौता गरी ती घर निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–१ मा सात, वडा नं २ मा सात, वडा नं ३ मा ६, वडा नं ४ मा आठ, वडा नं ५ मा ६, वडा नं ६ मा ६ र वडा नं ७ मा आठवटा घर निर्माण गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडाको सिफारिसका आधारमा विपन्न नागरिकलाई घर उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण गरिएका घरहरू १० वर्षसम्म बेचबिखन गर्न, बैङ्कमा धितो राख्न वा अन्यलाई भाडामा दिन नपाइने व्यवस्था गरिएको छ ।

जग्गा नभएकालाई छरछिमेकीले जग्गा निःशुल्क पास गरिदिएका छन्भने केही लाभग्राहीसँग आफ्नै जग्गा छ । वडा नं ७ हर्कपुरका सुकमान श्रेष्ठले गाउँपालिकाले गाउँमै सुविधा सम्पन्न घर निर्माण गरिदिँदा आफू अत्यन्त खुसी भएको बताउनुभयो ।

वडा नं २ जामुनेकी विष्णुमाया सुनारले आफ्नो आयले कहिल्यै घर बनाउन नसक्ने अवस्थामा गाउँपालिकाले आफ्नै घर बनाइदिएर जीवनभरको सपना पूरा गरिदिएको बताउनूभयो । यस्तै, वडा नं ४ धोद्रेका लक्ष्मण परियारले आफूजस्तो सम्पत्तिविहीनलाई निःशुल्क घर र घरमै खानेपानीको व्यवस्था गरिदिँदा गाउँपालिकाप्रति आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी