३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

नदी कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

२३ असार २०८२, सोमबार १३:०७
काठमाडौं ।  व्यास नगरपालिकास्थित शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने जोखिम क्षेत्रमा संरक्षणका लागि ग्याबिन पर्खाल निर्माण गरिएको छ । व्यास नगरपालिका–११ र १२ को छबिसेको बाँधदेखि बुल्दीखोला किनारसम्म डेढ किलोमिटर दूरीमा पर्खाल निर्माण गरेको हो ।
उक्त स्थानमा पर्खाल निर्माण गर्दा डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी कटानका उच्च जोखिम भएका क्षेत्रमा वाल निर्माण कार्यले छवटा सिँचाइ योजनाका बाँध संरक्षण र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”
करिब २० मिटर नदीको भाग छाडेर ग्याबिन पर्खाल निर्माण गरिएको छ, जसले खेतीयोग्य जमिन संरक्षणमा सहयोग मिलेको छ । “गत वर्ष असार महिनामा सम्झौता भएको र वर्षायामका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मङ्सिर महिनाबाट काम सुरू गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।”
पर्खाल निर्माणको जिम्मा मनकामना गुरुङ निर्माण सेवाले पाएको छ । उक्त निर्माण कम्पनीले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उहाँले भन्नुभयो, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना रहेको छ ।”
कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ योजनामध्ये पाँच योजनाको निर्माणसम्पन्न भइसकेको छ, सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिनेछ । बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ