२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालन

२८ भाद्र २०८२, शनिबार ११:०१

काठमाडौँ | जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिनुभयो । तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन् । सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ । अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ ।”

जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग