२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल

२०८२, ७ असार शनिबार १७:१९

काठमाडौँ | नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने प्रयासहरु भइरहेको भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताए ।

झापाको बिर्तामोडमा शनिबार आयोजित मानव अधिकार एलायन्सको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता रिजालले पार्टीको एघारौं महाधिवेशन आगामी मङ्सिर वा फागुनसम्ममा सम्पन्न हुने जानकारी दिए ।

आगामी २०८४ को निर्वाचनमा नेकपा एमाले बहुमत प्राप्त दल बन्ने र एकल सरकारको नेतृत्व गर्न पाउने गरी काम गर्नुपर्ने उनले बताए ।

मानव अधिकार एलायन्स झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षतामा भएको जिल्लास्तरीय भेलामा केन्द्रीय अध्यक्ष विदुर सुवेदी, नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विषयगत प्रस्तुतिहरु गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै