२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता,विद्यालय सञ्चालनमा समस्या

२६ असार २०८२, बिहीबार १२:४६

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो ।

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्ले बताउनुभयो । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उहाँको भनाइ छ । नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उहाँको भनाइ छ ।“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो” उहाँले भन्नुभयो,“विद्यालयको चौरमा गाइबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाईमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।”

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले रु.दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताउनुभयो । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उहाँले भनाइ छ ।“वडामा सीमित बजेट हुन्छ”वडाध्यक्ष शेर्पाले भन्नुभयो,“स्थानीयको माग धेरै छ । घेराबारा नुहँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ ।”

वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उहाँको भनाइ छ । –––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ