२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

३१ असार २०८२, मंगलवार १३:१९
काठमाडौँ | कनकाई नगरपालिकाले  सङ्घीयता कार्यान्वयनका आठ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छभने २० किलोमिटरमा पेवर्स विछ्याएको छ ।
“सडक पूर्वाधारको विकासमार्फत कनकाईले काचुली फेरेको छ,” कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल भन्नुहुन्छ–“स्थानीय तहको पहिलो कार्यकालदेखि नै सडक निर्माणले प्राथमिकता पायो । यति धेरै सडक बनिसकेका छन् कि अब सडक निर्माणका लागि बजेट कम गर्नु पर्ने अवस्था आएको छ ।”
सडक बनेपछि कृषि उपज बजारसम्म पु¥याउन, नगरभित्र आवतजावत गर्न र पर्यटकीय क्षेत्रको प्रवर्धनमा सडकको स्तरोन्नतिले सहज भएको छ । कनकाई नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोशन सुवेदीले आफ्नो वडामा ११ किलोमिटर सडक कालोपत्र भएको बताउनुभयो । उहाँले भन्नुभयो,“ कनकाईले गरेको विकासबारे जानकारी लिन एकपटक यहाँ आउन मेरो आग्रह छ । ”
क्षेत्रफलका आधारमा जिल्लाको सबैभन्दा सानो नगरपालिका कनकाईको अमरपथ, लक्ष्मीमार्ग, पञ्चायत मार्ग, जनपथ, भृकुटी र लक्ष्मीपुर–घैलाडुब्बा सडक मुख्य सडक मानिन्छन् । अधिकांश प्रमुख सडक कालोपत्र भइसकेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कनकाईको जनसङ्ख्या ५३ हजार छ । कनकाई वडा नं. ३ सुरुङ्गामा पालिकाले रु. चार करोड ५० लाख २९ हजार ११२ को लागतमा आधुनिक कृषिबजार भवन निर्माण गरिरहेको छ । नगरले कृषिसँगै स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्दै आएको छ । नगरमा १५ शय्याको अस्पताल  निर्माणाधीन छ । आगामी जेठ १५ मा अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
कनकाई नगरपालिका नेपालको पहिलो विद्युत चुहावटमुक्त, बन्द निषेधित र सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र हो । नगरमा कनकाई कोटीहोम, धनुषकोटी धाम, जामुनखाडी सिमसार, हेप्पील्यान्ड लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का