२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

२ निर्दोष नानीहरूको चिहान माटोमुनि,प्रहरीले गर्‍यो उत्खनन,मृत्यु रहस्यमय भएको प्रहरीको आशंका

२०८२, २८ श्रावण मंगलवार १२:५४

काठमाडौँ | मृत्युपछि आफन्तले खाडलमा गाडेका दुई बालबालिकाको शव खोटाङ प्रहरीले खाडलबाट निकालेर पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

यही साउन २२ गते राति स्थानीय जंगलमा मृत भेटिएका दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ निवासी गोविन्द बस्नेतकी ११ वर्षीय छोरी मेनिषा
र ६ वर्षीय छोरा मेगराजको शव आफन्तले प्रहरीलाई जानकारी नै नगराइ खाडलमा गाडेका थिए।

‘दुई दिनपछि उक्त शव खाडलबाट निकालेर हामीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएका छौँ,’ प्रहरी निरीक्षक सुशन मिश्रले भने, ‘ती बालबालिका भिरबाट लडेर मरेका भनिएको छ,’ मिश्रले भने, ‘तर, प्रहरीलाई कुनै जानकारी नदिइ शवको गाडेको पाइएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।’

 

साउन २३ गते गाडिएका बालबालिकाको शवलाई प्रहरीले साउन २५ गते साँझ निकालेको हो।

कानुनी प्रक्रिया पूरा नगरी सामसुम पारेर गाडेकाे पाइएपछि चिहानलाई खोतलेर शव निकालेको इन्सपेक्टर मिश्रले जानकारी दिए।
‘घटनाको विषयमा हामीले थप अनुसन्धान अघि बढाएका छौँ,’ मिश्रले भने।

मृत भेटिएका दिदीभाइसहित गाउँका ६ जना बालबालिका यही साउन २१ गते हराएका थिए। खोजी गर्ने क्रममा दुई बालबालिकाको शव २२ गते भेटिएको थियाे। मृत भेटिएका बालबालिकासँगै गोविन्दकै कान्छी छोरी र छिमेकीका तीन छोरी पनि हराएका थिए। उनीहरू भने सकुशल घर फर्किएका छन्।

श्रीमतीले अर्कै विवाह गरेपछि दुई छोरी र एक छोराको नवराजले लालनपालन गर्दै आएका छन्। साउन २१ गते स्कुल नगइ घरबाट घुम्न हिँडेका उनीहरू साप्सुखोला तरेर थ्री स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ।

घर फर्किंदा बाटो बिराउँदा उनीहरू भिरबाट खसेका अनुमान छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन