३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

३० जेष्ठ २०८२, बिहीबार १४:०१
काठमाडौँ । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।
एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।“यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उहाँले भन्नुभयो, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”
नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।
प्रोत्साहन रकम
नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१/८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।
तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक÷संस्थालाई प्रतिकठ्ठा रू पाँच सयका दरले २० लाख उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो । त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ कृषक/एकस्थालाई रू १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक\संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू सात सयका दर र ५९ वटा कृषक/एकस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको रू पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर प्रमुख तरकारीखेती प्रबद्र्धन कार्यक्रम नजा अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी  ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक रू १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो ।
बगर खेती कार्यक्रम उहाँका १२ कृषकलाई रू पाँच लाख उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड