2026-06-19 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

काठमाडौँ | रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा हरेक सामाजिक काम सबै एकताबद्ध भएर गर्दै आएका छन् ।

सानातिना विकासे कामका लागि सरकारको मुख नताक्ने बानी परेका उनीहरुको बीच गाउँमा कालिका आधारभूत विद्यालय सञ्चालनमा छ । कक्षा ८ सम्म अध्ययन÷अध्यापन हुने यस विद्यालयमा यो शैक्षिकसत्रका लागि ६२ विद्यार्थी भर्ना भएका छन् ।

गाउँपालिकाबाट यसै वर्ष कक्षा ८ सम्म सञ्चालनको अनुमति पाएको विद्यालयमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीलाई संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउन स्थानीय कसिएका छन् । विसं २०३६ मा स्थापना गरिएको यस विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा २ सम्म अङ्ग्रेजी माध्यमको पढाइ हुन्छ ।

विद्यार्थी अभावमा १२ वर्षअघि दुईवटा प्राथमिक तहको विद्यालय समायोजन गरेर सञ्चालन गरिएको कालिका आधारभूत विद्यालयमा प्रत्येक शैक्षिक सत्र क्रमशः बढाउँदै लगेर कक्षा ८ सम्म नै अङ्ग्रेजी माध्यम लागू गर्ने लक्ष्य राखिएको छ । विसं २०७० मा स्थानीय जनता प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयबीच समायोजन गरेर कालिका आधारभूत विद्यालय बनाइएको यस विद्यालयलाई यसै शैक्षिक सत्रदेखि पूर्ण आवासीयसमेत बनाइएको छ ।

चन्दा सङ्कलन गरेर जुटाइएको रकमले आवासीय बनाइएको विद्यालयमा पूर्ण आवासीय भएर अध्ययन गर्नका लागि १४ छात्र तथा २० छात्रा भर्ना भएका छन् । कक्षा २ भन्दामाथिका विद्यार्थीलाई पूर्ण आवासीय रुपमा अध्यापन गराउने लक्ष्य राखिएको यस विद्यालयमा साना बालबालिकालाई अनिवार्य गरिएको छैन ।

छात्रछात्राका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको विद्यालयका लागि आवश्यक सिरक, डसना, तन्ना र सिरानी गाउँपालिकाले उपलब्ध गराएको छ । आवासका लागि आवश्यक पर्ने फर्निचर, भान्छाका सामग्री तथा रासन भने विद्यालय प्रशासन आफँैले उपलब्ध गराएको जनाइएको छ ।

पूर्ण आवासीय अध्ययनका लागि भर्ना भएका छात्रछात्राका लागि एक÷एक महिला तथा पुरुष शिक्षक तोकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले जानकारी दिनुभयो । उनीहरुका लागि खान तथा बस्ने व्यवस्थासहित थप रु तीन÷तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको जनाइएको छ ।

साधारण तरिकाले सञ्चालन हुँदै आएको सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउने अभियान सुरु गरेको छोटो समयमा नै रु नौ लाख १४ हजार सहयोग प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक विशाल राईले जानकारी दिनुभयो । विभिन्न व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएको रकमबाट सञ्चालन गरिएको आवासीय विद्यालय बिहीबार गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ, उपप्रमुख कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले औपचारिक उद्घाटन गर्नुभयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा कालिका आधारभूत विद्यालयलाई पूर्ण आवासीय बनाएपछि यस वर्षमात्रै २२ नयाँ विद्यार्थी थपिएको प्रधानाध्यापक टीकाराम राईले जानकारी दिनुभयो । “साधारण तरिकाले सञ्चालन हुँदै आएको विद्यालयलाई आवासीय बनाएर संस्कारसहितको गुणस्तरीय तथा व्यावहारिक शिक्षा उपलब्ध गराउने योजना बनाएका छौँ, यो अभियानमा सबैको साथ र सहयोग प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ, यसलाई रोक्न हामीले विद्यालयलाई पूर्ण आवासीय बनाएका हौँ, विद्यालयले सुरु गरेको अभियानमा सबैको साथ पाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी