२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै

२८ जेष्ठ २०७९, शनिबार ०७:३३

जेठ २८, खोटाङ | बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल काठ्माडौंमा उपचारका क्रममा २२ जेठमा निधन भएपछि दिक्तेलबजारमा सवारी साधन प्रवेशमा केही कडाई गर्ने निर्णय गरिएको हो । 

जिल्ला विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले दिक्तेलबजारमा थप सवारी दुर्घटना हुन नदिनका लागि भन्दै दैनिक बिहान ९.३० बजेदेखि बिहान  १० बजेसम्म र दिउँसो ३.३० बजेदेखि ४.३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । विशेषगरी दिक्तेलबजारमा विद्यालय जाने र फर्कने बालबालिकालाई लक्ष्यित गर्दै सवारी साधनको चाप नियन्त्रण गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ । दिक्तेलबजारमा बिहान विद्यालय जाने र बेलुका विद्यालयबाट फर्कनेक्रममा बालबालिकालाई अनियन्त्रित गतिमा कुदाइने सवारी साधनले जुनसुकैबेला ठक्कर दिने खतरा बढ्दो छ । 

दिक्तेल बजारमा सवारी दुर्घटनाको त्रास पहिल्यैदेखि थियो । पछिल्लो दुर्घटनाले थप त्रास बढाएको हो । बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि निजी विद्यालयका अधिकांश अभिभावकले बालबच्चालाई डोर्‍याउँदै विद्यालय पुर्‍याउन र ल्याउन थालेका छन् ।

ट्राफिक प्रहरीले किरातचोकमा बसेर सवारी चेक गर्ने गरेको भए पनि बजारभित्र प्रवेश गर्ने सवारी साधनको गतिका विषयमा निगरानी गर्नुपर्ने अभिभावक एवं जसपाका नेता नविन राई बताउँछन् । 

सवारी दुर्घटना लगत्तै दिक्तेलबजारमा सवारी साधनको प्रवेशमा कडाई गरिएको यो दोश्रोपल्ट हो । १ जेठ २०६९ दिक्तेलबजारमा ट्याक्टरले किच्दा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका छात्र अनुप राईको मृत्यु भएको भोलिपल्टै उद्योग बाणिज्य संघको आव्हानमा बसेको यातायात व्यवसायी तथा तत्कालिन दिक्तेल गाबिसको बैठकले दिक्तेलबजारमा दैनिक बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै खालका सवारी साधन प्रबेशमा रोक लगाउने निर्णय गरेको थियो । तर, सो निर्णय केही समय कार्यान्वयनमा आएपछि क्रमशः फितलो हुँदै गएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन नेपाल बार निर्वाचनको मतगणना १२ बजेदेखि सुरु हुने देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै रविलाई रूपन्देही अदालत पेस गरिँदै आज मन्त्रिपरिषद् बैठक बस्दै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? सांसदसँग रासस संवादः  ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य