२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

२५ असार २०७९, शनिबार १५:५८

असार २५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

सड्न लागिसकेको शव घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ । 

रातो र कालो रंगको ज्याकेट, पहेँलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ । 

उनको उचाइ अन्दाजी ५ फिट ५ इन्च रहेको प्रहरीको अनुमान छ । शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल लास जाँच मुचुल्काको लागि शंखु पुगेको थियो । बेवारिसे शवको पहिचान भए वा आफन्तको भए सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यातायात मन्त्रालयले मापदण्डविपरीतका सवारीसाधनलाई रोक लगाउँदै शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग शिक्षकका मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलमलाइ राप्रपा को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले राष्ट्रपति भवन नजिकै धर्ना दिए ७ प्रतिशत ब्याजदरमा एनआईसी एसिया बैंक लिमिटेडको ऋणपत्र बिक्री खुल्ला सिकार गर्न हिँडेका भरुवा बन्दुकसहित २ जना पक्राउ, १ जना फरार आलुको मूल्य कति छ ? काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन नेपाल बार निर्वाचनको मतगणना १२ बजेदेखि सुरु हुने देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै रविलाई रूपन्देही अदालत पेस गरिँदै आज मन्त्रिपरिषद् बैठक बस्दै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? सांसदसँग रासस संवादः  ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य