2026-10-02 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जना पक्राउ

असार २८, ओखलढुङ्गा | बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन् । 

बालिका बलात्कारको आरोपमा सिद्धिचरण नगरपालिका–२ का प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँल, सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय डम्बर भुजेल, सोही वडाका ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार ओखलढुङ्गा जिल्ला अदालतले निर्देशन दिएको हो । 

अदालतको निर्देशनअनुसार चारै जनालाई जिल्ला कारागार चलान गरिएको ओखलढुङ्गा प्रहरी प्रमुखले बताउनुभयो । आरोपीहरुले बालिकालाई फरक फरक मितिमा विभिन्न स्थानमा डर, धम्की, प्रलोभन देखाएर जबरजस्ती करणी रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा आरोपी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । बालिका बलात्कार घटनामा विद्यालयकै प्रधानाध्यापक सम्लग्न भएको पाइएकाले कडाभन्दा कडा कानुनअनुसार कारबाहीका लागि विभिन्न विद्यार्थी सङ्घ सङ्गठनहरुले माग गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो