२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा २२ आगलागीका घटना

२०८२, २ जेष्ठ बिहीबार १३:४८

काठमाडौँ | वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् ।

नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो । सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिनुभयो ।

बारुण नियन्त्रण शाखाका इन्चार्ज झैनबहादुर खड्काले डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका जानकारी दिँदै यी जिल्लामा भएका ठूला घटना रहेका उल्लेख गर्नुभयो । उहाँले विद्युत् अनियमितताका कारण अधिकांश ठाउँमा आगलागीका घटना भएका उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताउनुभयो ।

पर्याप्त मात्रामा वर्षा नहुनु, सुख्खा बढ्नुलगायत कारणले आगलागीको जोखिम बढेको भन्दै इन्चार्ज खड्काले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको दाबी गर्नुभयो ।

उहाँले नेपालगञ्जमा लागेका आगलागीमध्ये दोस्रो ठूलो क्षति भएको घटना रुचिवैश्यको भेरी कर्णाली सप्लायर्सको रहेको उल्लेख गर्नुभयो । नेपालगञ्ज–२२ पुरैनामा भएको उक्त आगलगीमा करिब रु ५० लाख बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बारुणयन्त्रका इन्चार्ज खड्काले जानकारी दिनुभयो ।

वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको उहाँले बताउनुभयो । कार्यालयले पानी भरेर तीन बारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै उहाँले एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले कतिपय आगलागी गहुँबाली र उखुबालीमा भएको जानकारी दिँदै आगलागीका घटना हुन नदिन सबै सचेत हुनुपर्ने भन्दै भइहाले सजगता अपनाउन स्थानीयलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार