२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

२०८२, २९ जेष्ठ बुधबार १३:३९

काठमाडौँ |  बाँकेको खजुरा गाउँपालिका–७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने बिरामीको चाप बढ्दै गएको छ ।

अस्पतालले सेवा विस्तार गरेसँगै अब पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताउनुभयो ।

“अस्पतालमा सेवा विस्तारसँगै विभाग थपिएका छन्, बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन्”, मल्लले भन्नुभयो, “हामी कहाँ अहिले गम्भीर प्रकृतिका बाहेक क्यान्सरका सबैखाले अप्रेशन र उपचार हुने भएकाले पश्चिम नेपालका क्यान्सर पीडित बिरामीले घर नजिकै उपचार सेवा पाएका छन् ।”

अध्यक्ष मल्लले सीमित स्रोत साधनबाट अस्पतालमा बिरामीलाई अधिकतम सेवा प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो । आफू अस्पताल व्यवस्थापन समिति नेतृत्वमा आएपछि अस्पतालमा अक्सिजन प्लान्ट, रक्त सञ्चार केन्द्र स्थापना, १५ श्ययाको डेकेयर, प्रयोगशाला र फार्मेसी भवन निर्माण, ५५ शैय्याबाट ९५ शैय्यामा विस्तार, कर्मचारी बस र बिरामी बोक्ने एम्बुलेन्स खरिद लगायतका कार्य गरेको जानकारी दिनुभयो ।

उहाँले सरकारी उपेक्षाका कारण हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नगरेको उल्लेख गर्दै अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । अस्पतालमा जनशक्तिका लागि स्थायी दरबन्दी र पूर्वाधार विकासका लागि सरकारले ध्यान दिन सके अझ सेवा प्रभावकारी र सहज हुने उहाँको भनाइ छ ।

“अस्पतालमा अहिले क्यान्सरका बिरामीलाई किमोथेरापी सेवा सञ्चालनमा भए पनि बिरामीलाई श्यया छैन, कर्मचारीका लागि आवासको व्यवस्था छैन”, अध्यक्ष मल्लले भन्नुभयो, “अस्पतालको पूर्वाधार विकास र जनशक्तिको स्थायी दरबन्दीका लागि पटक पटक सरकारसँग माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन ।”

क्यान्सर अस्पतालमा हालसम्म उपचारका लागि आएका एक लाख ४३ हजार ३३४ बिरामीमध्ये ५२ हजार ७९३ जनामा क्यान्सर रोग पुष्टि भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा २०८१ साउनदेखि हालसम्म ३२ हजार ९०३ बिरामीले उपचार सेवा लिइरहेका छन् । यसमा एघार हजार ३१९ जना नयाँ बिरामी रहेका थिए । क्यान्सरको विशेषज्ञ सेवासमेत प्रवाह हुन थालेपछि खजुरामा बिरामीको चाप बढेको उहाँको भनाइ छ । हाल अस्पतालले अत्याधुनिक उपकरणसहितका आइसियू, इमरजेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्राकीथेरापी, सिटी स्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे, रेडियोथेरापी सेवा प्रवाह गर्दै आएको छ ।

खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौँबाट समेत बिरामी आउन थालेको पाइएको छ । नयाँ प्रविधिको प्रयोग गरेर विशेषज्ञ चिकित्सकले क्यान्सरका बिरामीलाई आवश्यक सबै खाले सेवा खजुरामै पाएपछि पश्चिम नेपालका जनताको समय र पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको अस्पतालका रेडियसन अनकोलिष्ट डा मुकेश यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ