2026-10-30 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

निदाएको मौका छोपेर प्रेमिकाको हत्या, दुई दिनपछि आफैले गरे प्रहरीलाई फोन

काठमाडौँ | बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर बस्दै आएकी १९ वर्षीया निर्मला थापा शुक्रबार उनी बस्दै आएकी डेरामा मृत भेटिएकी हुन्।

निर्मलाको हत्या आरोपमा उनीसँगै बस्दै आएका बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३३ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन्। निर्मलाको शव सड्न लागेको अवस्थामा डेराबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दीपक पातलीले जानकारी दिए। शनिबार शव पोस्टमर्टमपछि प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ। डिएसपी पातलीका अनुसार प्रकाश आफैले प्रहरीलाई फोन गरेर निर्मलाको हत्या गरेको र प्रहरीमा आत्मसमर्पणका लागि आउँदै गरेको जानकारी गराएका थिए।

उनले ‘नपत्याए गएर हेर्नू’ भनेर ठेगाना पनि दिएका थिए। सोही आधारमा खटिएको टोलीले शुक्रबार निर्मलालाई मृत अवस्थामा उनकै डेरामा भेटेको थियो। प्रकाशलाई पनि धम्बोजी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रमम प्रकाश र निर्मला तीन वर्षदेखि सँगै बस्दै आएको खुलेको डिएसपी पातलीले जानकारी दिए।

एउटै होटलमा काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध हुँदै ‘लिभिङ टुगेदर’मा थिए।

पछिल्लो समय उनीहरू नेपालगन्जकै छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्थे। त्यसो भएपछि उनीहरु एकअर्काबीच शंका गर्ने र त्यसमै विवाद हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रकाश निर्मलालाई कान्छी श्रीमती भन्थे। हत्यापछि प्रहरीलाई फोन गर्दा पनि ‘कान्छी श्रीमतीलाई मारेँ’ भनेर जानकारी दिएका थिए। प्रकाश नेपालगन्जमा निर्मलासँगै बस्छ भन्ने कुरा बारबर्दियामा रहेको उनका परिवारलाई पनि थाहा थियो। निर्मलाको हत्या बुधबार राति भएको अनुसन्धानबाट खुलेको छ।

शुक्रबार प्रहरीलाई फोन गरेपछि घटना बाहिरिएको थियो। फोन भने स्वयम हत्याराले गरेका थिए प्रहरीले भन्यो | उनि आफैले फोन गरेर भने ‘मैले कान्छी श्रीमती निर्मलालाई मारिदिए,लास कोठामै छ,’ प्रकाशको भनाइ उद्धृत गर्दै डिएसपी पातलीले भने, ‘न पत्याएर कोठामा गएर हेर्नुहोस। म प्रहरीसमक्ष आत्मसर्पण गर्न आउँदै छु।’

प्रकाशको त्यो फोन पछि प्रहरी नेपालगंज– १२ बेलासपुरमा उनीहरु बस्ने कोठा पत्ता लगाउँदै गएको थियो। घटनाबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको ‍डिएसपी पातलीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ