2026-08-04 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

निदाएको मौका छोपेर प्रेमिकाको हत्या, दुई दिनपछि आफैले गरे प्रहरीलाई फोन

काठमाडौँ | बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा एक युवतीको हत्या भएको छ। दैलेखको भैरवी गाउँपालिका-२ घर भई बेलासपुर बस्दै आएकी १९ वर्षीया निर्मला थापा शुक्रबार उनी बस्दै आएकी डेरामा मृत भेटिएकी हुन्।

निर्मलाको हत्या आरोपमा उनीसँगै बस्दै आएका बर्दियाको बारबर्दिया नगरपालिका-३ का ३३ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन्। निर्मलाको शव सड्न लागेको अवस्थामा डेराबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी दीपक पातलीले जानकारी दिए। शनिबार शव पोस्टमर्टमपछि प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ। डिएसपी पातलीका अनुसार प्रकाश आफैले प्रहरीलाई फोन गरेर निर्मलाको हत्या गरेको र प्रहरीमा आत्मसमर्पणका लागि आउँदै गरेको जानकारी गराएका थिए।

उनले ‘नपत्याए गएर हेर्नू’ भनेर ठेगाना पनि दिएका थिए। सोही आधारमा खटिएको टोलीले शुक्रबार निर्मलालाई मृत अवस्थामा उनकै डेरामा भेटेको थियो। प्रकाशलाई पनि धम्बोजी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रमम प्रकाश र निर्मला तीन वर्षदेखि सँगै बस्दै आएको खुलेको डिएसपी पातलीले जानकारी दिए।

एउटै होटलमा काम गर्दा उनीहरूबीच प्रेम सम्बन्ध हुँदै ‘लिभिङ टुगेदर’मा थिए।

पछिल्लो समय उनीहरू नेपालगन्जकै छुट्टाछुट्टै रेस्टुरेन्टमा काम गर्थे। त्यसो भएपछि उनीहरु एकअर्काबीच शंका गर्ने र त्यसमै विवाद हुन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रकाश निर्मलालाई कान्छी श्रीमती भन्थे। हत्यापछि प्रहरीलाई फोन गर्दा पनि ‘कान्छी श्रीमतीलाई मारेँ’ भनेर जानकारी दिएका थिए। प्रकाश नेपालगन्जमा निर्मलासँगै बस्छ भन्ने कुरा बारबर्दियामा रहेको उनका परिवारलाई पनि थाहा थियो। निर्मलाको हत्या बुधबार राति भएको अनुसन्धानबाट खुलेको छ।

शुक्रबार प्रहरीलाई फोन गरेपछि घटना बाहिरिएको थियो। फोन भने स्वयम हत्याराले गरेका थिए प्रहरीले भन्यो | उनि आफैले फोन गरेर भने ‘मैले कान्छी श्रीमती निर्मलालाई मारिदिए,लास कोठामै छ,’ प्रकाशको भनाइ उद्धृत गर्दै डिएसपी पातलीले भने, ‘न पत्याएर कोठामा गएर हेर्नुहोस। म प्रहरीसमक्ष आत्मसर्पण गर्न आउँदै छु।’

प्रकाशको त्यो फोन पछि प्रहरी नेपालगंज– १२ बेलासपुरमा उनीहरु बस्ने कोठा पत्ता लगाउँदै गएको थियो। घटनाबारे थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको ‍डिएसपी पातलीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा शेयर बजारमा झिनो गिरावट सुनकोशीमा खसेको कारमा सवारमध्ये दुई जनाको पहिचान खुल्यो परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै सुनकोसी नदीमा कार खस्यो चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नारायणगढ सडक अवरुद्ध पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन