सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | दे Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | दे

८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

स्थानिय तह पुर्नसंरचना गर्न देउखुरीबासीले दिए यस्तो सुझाव…

१९ श्रावण २०७३, बुधबार ०१:४२


सन्तोषकुमार गुप्ता | साउन १९, देउखुरी | देउखुरीको लमहीमा मंगलबार स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिती दाङले आयोजना गरेको स्थानिय तह पर्नसंरचना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देउखुरीको भालुवाङबाट सुझाव दिन पुग्नु भएका राष्ट्रिय जनमोर्चा क्षेत्र नं. २ का इन्चार्ज होमप्रसाद शर्माले देउखुरी उपत्यकाको पुर्नसंरचना गर्दा १ नगरपालिका र ३ गाउँ पालिका बनाउन सुझाव दिनु भयो । उहाँले देउखुरी उपत्यकाको भौगोलिक अवस्था र जनसंख्यालाई अधार मानी ३ गाउँ पालिका र १ नगरपालिका नै उपयुक्त रहेको बताउनु भयो । शर्माले लालमटिया, सिसहनियाँ, हाँसीपुर र गोबरडिहालाई मिलाएर एउटा गाउँ पालिका, गढवा, गंगापरस्पुर र कोईलाबासलाई मिलाईएर आर्को गाउँ पालिका, बेला र राजपुर गाविसलाई मिलाएर आर्को गाउँ पालिका तथा साविकको चैलाही, सोनपुर र सतबरिया गाविस मिलाएर नगरपालिका बनाउँन सुझाब दिनु भयो ।

त्यसैगरी लमही नगरपालिका—६ जखेरातालका लोकमणि बन्जाडेले देउखुरी क्षेत्रको पुर्नसंरचना गर्दा १ नगरपालिका र २ गाउँ पालिका नै उपयुक्त रहेको सुझाब दिनु भयो । बन्जाडेका अनुसार लालमटिया, सिसहनियाँ, हाँसीपुर र गोबरडिहालाई मिलाएर एउटा गाउँ पालिका, गढवा, गंगापरस्पुर, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर आर्को गाउँ पालिका तथा साविकको चैलाही, सोनपुर र सतबरिया गाविस मिलाएर नगरपालिका बनाउँन सुझाब दिनु भयो । त्यस्तै नेकपा एमालेका रतनकुमार श्रेष्ठले रातीवारी लालमटिया, सिसहनियाँ, सोनपुर, चैलाही र सतबरियालाई मिलाएर एउटा नगरपालिका तथा रातीपारी गोबरडिहा, गंगापरस्पुर, गढवा, कोईलाबास, बेला र राजपुर गाविसलाई मिलाएर गाउँ पालिका बनाउँदा नै उपयुक्त हुने सुझाब दिनु भयो । त्यसैगरी आरबी थापाले देउखुरीलाई उपमहानगरपालिका बनाउँदा नै देउखुरकिो विकास तीब्र गतिमा हुने सुझाब दिनु भयो । त्यस्तै गोबरडिहा—१ कालाकाटेबाट अन्तरक्रियामा सहभागी हुनु भएका हरिप्रसाद सुवेदीले राती नदीलाई सिमाना नबनाई राप्ती नदी वारी—पारीलाई मिलाएर गाउँ पालिका  तथा नगरपालिका बनाउँदा समग्र देउखुरीको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले देउखुरी उपत्यकामा २ गाउँ पालिका र १  नगर पालिका नै उपयुक्त रहने सुझाब व्यक्त गर्नु भयो ।    अन्तरक्रिया कार्यक्रममा सुझाब दिन सहभागी हुनु भएका अधिकांश देउखुरीबासीले स्थानिय तहको पुर्नसंरचना गर्दा देउखुरीमा १ नगरपालिका २ गाउँ गाउँ पालिका नै उपयुक्त रहेको सुझाब दिनु भएको छ । 

नयाँ पुर्न संरचना गर्दा २०६८ को जनगणा अनुसार गाउँपालिका हुन ५० हजार जनसख्या र नगरपालिका हुन ७५ हजार जनसख्या हुनुपर्ने मापदण्ड अनुसार जनसख्याको आधारमा देउखुरी उपत्यकामा २ गाउँपालिका र १ नगरपालिका हुनुपर्नेमा सहभागीहरु जेड थियो । नयाँ संबिधान कार्यान्वयनका लागि थालिएको स्थानीय तह पुर्नसंरचना निर्माणको छलफलका क्रममा आ—आफ्नो राय सुभाब दिन देउखुरी उपत्यकाका दुर—दराजबाट समेत नागरिकहरु बस रिर्जभ गरेरे कार्यक्रममा सहभागी भएका थिए । स्थानीय तहलाई कसरी ब्यबस्थीत बनाउने भन्ने सवालमा नागरिकको चासो बढेसगै मंगलवार लमहीमा आयोजित कार्यक्रममा देउखुरी उपत्यकाका ९ गाबिस र १ नगरपालिकाका स्थानिय राजनितिकदल, बिभिन्न क्षेत्रमा क्रियाशिल बौद्धिक ब्यक्तित्व, लगायत अन्य सरोकारवाला निकायका सबै तह र तप्काका ब्यक्तिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरुलाई बस्ने स्थानको सकस भएपछि कार्यक्रम एक स्थानमा भने पनि सहभागीको चाप अनुसार बेग्लै स्थानमा गर्दा पनि सहभागीहरुले सहजरुपमा आफ्ना सुझाब दिन स्थान अभाबका कारण सकस भएको दुखेसो गरेका थिए । जिल्ला बन अधिकृत नबराज काफ्लेको सभापतित्व तथा  जिल्ला विकास समिती दाङका स्थानिय विकास अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रमको सहर्जीकरण सुचना अधिकृत कृष्ण केसीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य सदस्य सचिब तथा जिल्ला विकास समिती दाङका योजना अधिकृत बासुदेब आचार्यले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध