सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भा"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

देउखुरीको भानपुरमा सुशासन विषयक गोलमेच छलफल

६ भाद्र २०७३, सोमबार १०:२६

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । विकास निर्माण देखि हरेक क्रियाकलापमा दाङले देउखुरीलाई उपेक्षा गरेको आइतवार सिसहनियाँ ३ भानपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन् । 

साझेदारी विकास परियोजनाले आयोजना गरेको सुशासन विषयक गोलमेच छलफल कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । साथै उनीहरुले गाविसले योजना छनौटका क्रममा समिति व्यक्तिहरुलाई बोलाई योजना छनौट गर्दा वास्तविक लक्षित वर्गले कार्यक्रम छान्न नपाएको समेत गुनासो गरेका थिए ।

यसैबीच सहभागीहरुले जिल्ला विकास समितीले देउखुरीबाट माग भई गएका योजना छनौटमा कन्जुसाई गरेको आरोप समेत लगाएका छन् । कार्यक्रममा स्थानीयहरुले उठाएको जिज्ञासाको जवाफ दिदै स्थानीय विकास अधिकारीले ईलाका स्तरको गोष्ठीबाट माग भई आएको योजनामा जिल्लाले कन्जुसाई नगरी समान व्यवहार गरेको बताउँदै ईलाकाबाट माग भई आएका योजनाको बजेट छुट्याउने गरेको प्रष्ट पार्नु भयो । 

त्यसैगरी सिसहनियाँ गाविस सचिव मंगलप्रसाद चौधरीले योजना छनौट प्रक्रियामा सम्पूर्ण वर्गहरुलाई समेटेर लगेको र सुचनाको सन्र्दभमा समेत कुनै कमी नरहेको बताउनु भएको छ । 

अहिले सम्म सवै जातजाती भाषाभाषी, लक्षित वर्ग र वडाहरुलाई समान व्यवहार गरेको प्रष्ट पार्नु भयो । कार्यक्रममा स्थानीय नागरिकहरु शनिराम चौधरी, प्रेमा चौधरी, जगदम्बा चौधरी, रविता चौधरी, चन्द्रकला परियार, आशाराम चौधरी, तारा घिमिरे, विमला चौधरी, सिर्जना शर्मा र राजनितिक दलहरुबाट नेपाली काँग्रेसका भिमलाल चौधरी, नेकपा ऐमालेका खिमबहादुर केसी, नेकपा माओवादी केन्द्रका शान्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका माधवप्रसाद आचार्य र थरुहट तराईपार्टीका पाटेश्वरीप्रसाद चौधरी लगायतका वक्ताहरुले गुनासो तथा सुझाव राख्नु भएको थियो । 

५० जना भन्दा बढी स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन प्रकाश लामिछानेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध