२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चार महिनामै पक्की पुल निर्माण

१ बैशाख २०८२, सोमबार १४:५६
गुल्मी । गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन् । निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गर्नुभएको हो ।
जिल्लामा सञ्चालित कैयौँ विकास योजनाहरू केही निर्माण व्यवसायीले समयमा काम नगरी अलपत्र परिहेको अवस्थामा खनालले डेढ वर्षको अवधिमा निर्माणसम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गर्नुभएको हो ।
गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्यूठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको छ । छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समय नै पर्खनुपर्छ भन्ने मान्यतालाई चिरेर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ ।
उक्त पुल निर्माणका लागि गत वर्ष जेठमा सम्झौता भएपछि बर्सात सुरु भएको र त्यसपछि दसँैतिहारजस्ता चाडपर्वहरू परेका कारण त्यसपछि मङ्सिर महिनादेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण व्यवसायी विजय खनालले बताउनुभयो । तर समयमै काम सम्पन्न गरे पनि ६० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गर्नुभयो ।
खनालले आफूले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरेको बताउनुभयो । यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरु पनि अचम्म परेका छन् । मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले निर्माण व्यवसायीमा इच्छाशक्ति भएमा योजना कसरी सम्पन्न हुन्छन् भन्ने नयाँ उदाहरण खनालले देखाएको बताउनुभयो ।
सडक पुर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो । उक्त पुल भ्याटसहित रु चार करोड १४ लाख २९ हजार ९७९ को लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।
गत मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले पुलको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो