२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘भ्रष्टाचारविरुद्ध अभियान आवश्यक’

३० बैशाख २०८२, मंगलवार १३:१०

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान सञ्चालनको आवश्यकता औँल्याउनु भएको छ । उहाँले सरकारले भ्रष्टाचार विरुद्वको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने स्पष्ट पार्नुभयो ।

प्रेस सेन्टर नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट आयोजना गरेको थियो । सो पत्रकार भेटघाटमा उहाँले वर्तमान अवस्थामा राष्ट्रिय एकता बलियो बनाउनु, लोकतन्त्रको रक्षा गर्नु, शान्ति प्रक्रियाको बाँकी काम पूरा गरेर देशमा सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरण गर्नु प्रमुख काम भएको उल्लेख गर्नुभयो । देशमा राजनीतिक अधिकार प्राप्त भए पनि नागरिकको जीवन फेर्ने गरी परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले देशमा सामाजिक एवं आर्थिक रूपान्तरण बिना विकास र समृद्धि प्राप्त हुन नसक्ने टिप्पणी गर्नुभयो । प्रतिगामी शक्तिलाई चेतावनी दिँदै सुशासन र समृद्धिको दिशामा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “मिसन ८४ मा हामी एक्लै चुनाव लड्छौँ र सरकार बनाउछौँ, त्यही मिसन पूरा गर्न गाउँगाउँमा पुगेर अभियान सञ्चालन गर्न थालेका छौँ,” उहाँले भन्नुभयो ।

तम्घासमा आजदेखि सुरु हुन लागेको वाइसिएल नेपाल गुल्मीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आज बिहान यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक