११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रमुख पदमा नेतृत्व गर्न सक्षम बन्दै महिला जनप्रतिनिधि

२२ असार २०८२, आईतवार १२:३०

काठमाडौँ | यहाँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका छन् । विसं २०७९ को स्थानीय तहको निर्वाचनदेखि वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरू सक्षम रहेको बताएका हुन् ।

तानसेन नगरपालिका–२ की महिला सदस्य सविता भट्टराईले महिला पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएकाले अवसर दिनुपर्ने धारणा राख्नुभयो । तीन वर्षको अनुभवले नेतृत्व कसरी गर्ने भन्नेबारे सैद्धान्तिक जानकारी प्राप्त भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “यो बीचमा नेतृत्व, जनसम्पर्क विस्तारलगायत क्षेत्रमा प्रशस्त अनुभव बटुल्यौँ, वडाको प्रमुखदेखि नगरको प्रमुख भएर पालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामीलाई सफल बनाउन आमनागरिकको साथ र अवसरको खाचोँ छ ।”

वडा र नगर प्रमुखको आकाङ्क्षी महिला अब नेतृत्वमा आउनुपर्नेमा सदस्य भट्टराईले जोड दिनुभयो । गत स्थानीय तहबाट निर्वाचितमध्ये ३१ जना महिलाले १४ वटा वडामा कार्यवाहक वडाध्यक्षका रूपमा जिम्मेवारी लिएर काम गरिरहनुभएको छ । महिला जनप्रतिनिधि कार्यवाहक वडाध्यक्षको नेतृत्व गर्न सफल भएकाले आगामी दिनमा जिम्मेवारीसँगै वडाध्यक्ष तथा नगरप्रमुखको नेतृत्व लिन सक्षम बनेका तानसेन–५ की वडासदस्य लक्ष्मी विकले बताउनुभयो ।

हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिले आगामी निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने योजना बनाएको उहाँहरूको भनाइ छ । यहाँका १४ वटै वडाध्यक्षले दिनुभएको कार्यवाहकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका महिला जनप्रतिनिधिले बताएका छन् । उहाँहरूले स्थानीय सरकारको नीति, नियम, कार्यक्रम, योजना तथा बजेटका विषयमा विज्ञता हासिल भएको बताउनुभयो ।

अहिले नगरपालिका निर्वाचित महिला कार्यकारी पदमा नभएकाले आगामी दिनमा कार्यकारी पदमा बसेर जनताको सेवा गर्ने योजना रहेको कार्यपालिका सदस्य मञ्जु विकले बताउनुभयो । निर्वाचनमा टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले अवसर दिनुपर्नेमा जोड दिँदै जनतासँग साथ र सहयोगका लागि आग्रहसमेत गर्नुभयो ।

“पार्टीले अनुमोदन गरी अवसर दिएमा जनताको सहयोगमा उल्लेख्य कार्यसम्पादन गर्ने प्रतिबद्धता गर्दछु । प्रमुखको जिम्मेवारी बहन गरी जनताको सेवा गर्ने सङ्कल्प गरेकी छु”, उहाँले भन्नुभयो ।

नगरपालिकाका ७३ जना जनप्रतिनिधिको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना छन् । नगरका १४ वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् भने तीन वटा वडामा खुला सदस्यमा महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई तानसेन नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीतसमेत गरेको छ ।

नगरका ३३ जना महिला जनप्रतिनिधिमध्ये उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य छन् । ती महिला कार्यपालिका सदस्यहरू हालसम्मको कुनै पनि बैठकमा अनुपस्थित नभएका जनाइएको । साथै नगरका सबै महिला जनप्रतिनिधि विभिन्न विषयगत समितिमा बसेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा