३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ट्राफिक जनचेतना जगाउँदै ट्राफिक सप्ताह

२९ जेष्ठ २०८२, बुधबार ११:५१
काठमाडौँ । पर्सामा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह मनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले यही जेठ २२ गतेदेखि आजसम्म ट्राफिक सप्ताह मनाएको हो ।
कार्यालयले चोक–चोकमा र विद्यालय–विद्यालयमा पुगेर सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको छ । ट्राफिक सप्ताहको समापनमा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले ट्राफिक जनचेतनामूलक कार्यक्रम एकदिन मात्रै नभएर ३६५ दिन आवश्यक रहेको बताउनुभयो । “ट्राफिक नियम पालना गराउने जिम्मेवारी ट्राफिक प्रहरीको मात्रै होइन”, उहाँले भन्नुभयो, “ट्राफिक नियमको पालना सामूहिक रुपमा गरेर अघि बढेको खण्डमा प्रभावकारी हुन्छ ।”
नगरप्रमुख सिंहले एक अर्काे निकायलाई दोषारोपण गर्नेभन्दा सामूहिक रुपमा ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । महानगरका उपप्रमुख इम्तियाज आलमले ट्राफिक नियम सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि पालना गर्नुपर्ने बताउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने भएकाले ट्राफिक नियमको पालना कडाइपूर्वक गर्नुपर्ने बताउनुभयो ।
“सवारी दुर्घटनामा परेर अकालमै मृत्यु हुनेको तथ्याङ्क बढेको छ । त्यसैले सरोकारवाला निकायले समन्वय गरेर सवारी दुर्घटना न्यूनिकरण गर्नेतर्फ अघि बढ्न जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो । पर्सामा चालु आर्थिक वर्षको जेठ २७ गतेसम्ममा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा पूर्वाधार नहुँदा काम गर्न अप्ठेरो परेको गुनासो गर्नुभयो । “सडकमा अत्यावश्यक संरचनाको अभाव छ । जसका कारण ट्राफिक प्रहरी एक्लैले सबै समस्या समाधान गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “वीरगञ्ज महानगरलगायतका स्थानीय सरकारले सडकमा आवश्यक बत्ती र अन्य सडक फर्निचरको प्रबन्ध मिलाइदिने हो भने ट्राफिक व्यवस्थापनमा धेरै सहज हुने थियो ।”
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लोकराज भट्टले सप्ताहव्यापी अभियानअन्तर्गत पर्साका चोक–चोकमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको जानकारी दिनुभयो ।
यातायात व्यवसायीको तर्फबाट जगतसाह कानुले यस्ता रचनात्मक कार्यक्रमले सवारी दुर्घटना न्यूनिकरणमा सघाउ पु¥याउने बताउनुभयो । ट्राफिक जनचेतना कार्यक्रममा विद्यार्थीहरुको सहभागिता  थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा