२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

२०८२, ३१ जेष्ठ शुक्रबार १२:५५
काठमाडौँ । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
“बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ”, उहाँले भन्नुभयो ।  सो दुर्घटना शुक्रबार विहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा  पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका  विजय यादव छन् भने  सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे