३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

‘शिक्षकले राजनीति छाडेर पठनपाठनमा केन्द्रित हुनुपर्ने’

११ असार २०८२, बुधबार १२:०४
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।
मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा सङ्घीय सरकारको पनि उत्तिकै भूमिका रहने बताउनुभयो । प्रदेशका शिक्षक र शिक्षिका जनताप्रति समर्पित, जवाफदेही र बफादार हुँदै  काम, कर्तव्य निर्वाह गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरुले राजनीति छाडेर आफनो पेसाप्रति इमान्दार भए अध्यापन गराउन आग्रह गर्नुभयो । प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले मधेसको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी जिम्मेवार भएको बताउनुभयो ।
प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेसको शिक्षाको सुधारका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै तीन वटै तहका सरकार मिलेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुयो ।
कार्यक्रममा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य कञ्चन विच्छासहितका वक्ताले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मधेस प्रदेशभरिका प्रधानाध्यापक, प्राचार्य, शिक्षा अधिकारी, सचिव, निर्देशक, विज्ञ र सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको छ । त्यस अवसरमा सरोकारवाला विज्ञहरुद्वारा पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’