२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषा सरकारी कामकाजमा प्रयोग गर्न माग

२४ असार २०८२, मंगलवार १६:१०
मधेश प्रदेशमा मैथिली र भोजपुरी भाषालाई सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयन गर्न माग गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा, कोष र व्याकरण विभागले आज यहाँ आयोजना गरेको ‘मधेश प्रदेशमा सरकारी कामकाजको भाषा’ विषयक विचार गोष्ठीका वक्ताहरुले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने मैथिली भाषालाई सरकारी कामकाजको मान्यता दिइ कार्यान्वयन गर्नुपर्ने माग गरेका हुन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य डा सूर्यप्रसाद यादवले मधेश प्रदेशका आठ जिल्लामा बोलिने मैथिली भाषा हरेक दृष्टिकोणले सरकारी कामकाजको भाषाका लागि उपयुक्त रहेकाले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतः सरकारी कामकाजको भाषा निर्धारण राजनीतिक प्रक्रियाबाट हुने भए पनि यो नितान्त संवैधानिक विषय हो, यसको निर्धारण सम्बन्धित प्रदेशमा प्रयोग भइरहेको मातृभाषाहरुमध्येबाट सङ्ख्यात्मक रूपमा पहिलो स्थानको भाषालाई चयन गर्नुपर्छ ।”
नेपालको राष्ट्रिय जनगणना २०७८ विश्लेषण गर्दा मधेश प्रदेशमा बोलिने मातृभाषाहरुमध्ये मैथिली प्रमुख भएकाले सरकारी कामकाजको भाषाका लागि उपयुक्त हुने उहाँको भनाइ छ ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले आयोगले मधेश प्रदेशका लागि मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा मैथिली ४१.७३, भोजपुरी १८.८०, बज्जिका १८.४३ वक्ता सङ्ख्या छन् ।
मधेश प्रदेश सरकारले २०८१ माघ ९ गते भाषा आयोगको सिफारिसमा परेको भाषा मैथिली, भोजपुरी, बज्जिकासहित थप दुईओटा भाषा हिन्दी र अङ्ग्रेजीलाई समेट्दै सरकारी कामकाजको भाषाका रूपमा प्रदेशसभामा प्रस्तुत गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरिमा जम्मा १२४ मातृभाषा भेटिएका छन् । जसमध्ये मधेश प्रदेशमा मात्रै ६० भन्दा बढी मातृभाषा बोलिन्छन् ।
पत्रकार सुरेश यादवले सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायतका मधेश प्रदेशका सबै जिल्लामा मैथिली भाषा बढी बोलीने भएकाले मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ