२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट

२०८२, १२ बैशाख शुक्रबार १५:३५

काठमाडौँ | मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटमा मुख्यमन्त्री सिंह र नियोगका डेपुटी चिफ अफ मिसन मेयरबीच प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा एसडिसीले मधेस प्रदेशमा सञ्चालन गरिरहेका विभिन्न योजनाका प्रगति, चुनौती र समाधानका उपायबारे छलफल भएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनुभयो । भेटमा मुख्यमन्त्री सिंहले नेपालको विकास प्रयासमा स्विस सरकारको लामो तथा निरन्तर सहयोगको सराहना गर्दै छोटो समयको सङ्घीय शासनपद्धति र संरचना व्यवस्थित तथा विस्तार नहुँदा उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीय कानुन अभाव, कार्यविधि तथा निर्देशिकालाई अन्तिम रूप दिन झन्झटिलो प्रक्रिया र दक्ष जनशक्तिको अपर्याप्त उपलब्धता आदिले योजना कार्यान्वयनमा समस्या हुने गरे पनि विकास साझेदार संस्थामार्फत आउने बजेट निर्धारित समयभित्र खर्च हुने बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सीपयुक्त बनाउन मधेस विश्वविद्यालयमार्फत सीपमूलक शिक्षा दिने तयारी भइरहेको र वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहित गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट्याउनुभयो ।

भेटमा नियोगले आगामी दिनमा गर्ने कार्यका बारेमा कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा डेपुटी चिफ अफ मिसन मेयरले सहमति जनाउनुभयो । उहाँले सुरक्षित श्रम आप्रवासनको क्षेत्रमा एसडिसीका प्रयासबारे जानकारी गराउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन तथा वैदेशिक रोजगारबाट फर्केकाको श्रम, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने विषयमा नियोगका परियोजनाका अनुभव साझा गर्नुभएको थियोे ।

नियोगका डेपुटी चिफ अफ मिसन मेयरले स्विस सरकार नेपालमा सञ्चालित परियोजनाको मूल्याङ्कन तथा आगामी चार वर्षका लागि नयाँ योजना तर्जुमा गर्ने तयारीमा रहेको जानकारी दिँदै पूर्वाधार तथा मानव संसाधन विकास, शिक्षा, स्वास्थ्य, जीविकोपार्जन तथा रोजगारी आदिका क्षेत्रमा प्रदेश सरकारसँग गर्न सकिने कामका विषयमा समेत परामर्श गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ । उहाँले प्रदेश सरकारसँगको सहकार्यलाई निरन्तरता दिँदै थप विस्तृत एवम् फराकिलो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न