४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने :प्रधानमन्त्री ओली

१९ जेष्ठ २०८२, आईतवार १७:०३

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे सरे जस्तो होइन, रकेटजस्तो तीव्र गतिमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

जनकपुरधाममा मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले आयोजना गरेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यास समारोहमा बोल्दै उनले मधेसको समृद्धिका लागि सबै तहका सरकार र जनप्रतिनिधिहरू एकजुट भएर सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई नेपालको एक उर्वर भूमि भन्दै यहाँको समग्र सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए । उनका अनुसार कोशी नदीको पानी सदुपयोग गर्न सकिएमा सम्पूर्ण मधेस सिञ्चित बन्नेछ, जसले कृषिमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।

यसै सन्दर्भमा उनले सुनकोशी–मरिन डाइभर्सन परियोजनालाई सरकारले प्राथमिकतामा राखेर अगाडी बढाएको जानकारी दिए । तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम समयमा सम्पन्न नभएको भन्दै उनले चेतावनी दिँदै भने ‘यदि यस्तै रह्यो भने सरकार ठेक्का तोड्ने दिशामा जान बाध्य हुनेछ ।’ उनले ढिलासुस्तीलाई वर्तमान समयमा सबैभन्दा ठूलो चुनौतीको रूपमा व्याख्या गरे । उनका अनुसार आजको दिनमा भ्रष्टाचार जत्तिकै गम्भीर समस्या ढिलासुस्ती पनि हो, र सरकार अब त्यसविरुद्ध कडा कदम चाल्नेछ ।

विकासका कार्यहरूमा देखिएको सुस्तता सह्य नहुने प्रधानमन्त्रीको स्पष्ट भनाइ थियो ।
मिथिलाको ऐतिहासिक र सांस्कृतिक महत्वसमेत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्र एक समय चिन्तन र ज्ञानको केन्द्र रहेको बताए ‘जहाँ अक्षर नभएको बेला पनि चिन्तन हुन्थ्यो, तर आज यो क्षेत्र विकासमा पछाडि पर्नु दुःखद हो,’ उनले भने, ‘अब पछाडि पर्ने समय सकिएको छ ।

मधेसले अब तीव्र गतिमा विकासको यात्रा तय गर्नुपर्छ ।’कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरू, प्रदेश सरकारका प्रतिनिधिहरूसमक्ष प्रधानमन्त्रीले सुशासन र विकासलाई एकैसाथ अगाडी बढाउनु आजको आवश्यकता रहेको बताए । उनले सबैलाई एकसाथ काम गर्न आह्वान गर्दै मधेसको समृद्धिको बाटो अब रोक्न नसकिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता