2026-11-01 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

महोत्तरीका स्थानीय तहहरुको बजेटमा कृषिमा जोड

2025-06-25
काठमाडौं ।  यहाँका स्थानीय तहले आधुनिक कृषि प्रणालीमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा तथा गाउँसभाको परिषद् सम्पन्न गरेका स्थानीय तहले आफ्नो ठाउँमा समृद्धिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरणसँगै स्रोत र साधनमा किसानको पहुँच बढाउने कार्यक्रम बनाएका हुन् ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये परिषद्् सम्पन्न गर्ने स्वीकृत तालिका असार १० भित्र नौ नगरपालिका र पाँच गाउँपालिकासहित १४ स्थानीय तहले आआफ्नो तहको नगर तथा गाउँसभाको आर्थिक वर्ष २०८२/८३ का लागि परिषद् सम्पन्न गरेका छन् ।
जिल्लामै सबैभन्दा पहिले गत बिहीबार १५ औँ नगरसभा परिषद्् सम्पन्न गरेको मटिहानी नगरपालिकाले किसानलाई कृषि ज्यावल, यान्त्रिक उपकरण, बीउ मल र नविनतम प्रविधिमा पहुँच बढाउने सङ्कल्प गरेको छ । मटिहानीले आउने आर्थिक वर्षका लागि रु ४४ करोड ५० लाखको अनुमानित आयव्ययको बजेट पारित गरेको छ ।
यसैगरी गत शुक्रबार गाउँसभाको १३ औँ परिषद् सम्पन्न गरेको महोत्तरी गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै वैकल्पिक सिँचाइ कार्यक्रमलाई जोड दिएको छ । जिल्लाका मनराशिशवा, रामगोपालपुर र भङ्गाहा नगरपालिकाका नगरसभा परिषद्् सोमबार सम्पन्न भएका छन् ।
यस्तै एकडारा र पिपरा गाउँपालिकाको गाउँसभा परिषद्् पनि सोमबार नै सम्पन्न भएका छन् । यस्तै बर्दिबास, गौशाला, बलवा र औरही नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाले मङ्गलबार आआफ्नो तहको नगर तथा गाउँसभाको परिषद् सम्पन्न गरेका छन् । आआफ्नो तहको गाउँ तथा नगरसभाका परिषद् सम्पन्न गरेका १४वटै स्थानीय तहले यसपाली आउने आर्थिक वर्ष २०८२/८३ का लागि कृषि कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
“मुख्य कुरा त आर्थिक समृद्धिकै हो, यो हासिल गर्न हाम्रो सम्भावना भनेको कृषि नै हो”, सोमबार नगरसभाको १६ औँ परिषद् सम्पन्न गरेको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “यो कार्यकालभित्र पानीबेगर खेती गर्न पाइएन भन्ने अवस्था अन्त्य गर्ने हाम्रो सङ्कल्प छ ।” यसका लागि वैकल्पिक सिँचाइका इनार, बोरिङ र मोटरपम्प बढाइने उहाँको भनाइ छ ।
यसैगरी मनराशिशवा नगरपालिकाका प्रमुख मोहन पाण्डेले फलफूल, तरकारी, दलहन, तेलहन र अन्नबालीको उत्पादन बढाउन माटो परीक्षण, बीउमलको उपलब्धता र प्रविधिको किसानसम्म पहुँच बढाउन योजनाबद्ध काम गरिने बताउनुभयो । यस्तै गौशाला, औरही, बलवा र बर्दिबास नगरपालिका तथा सोनमा गाउँपालिकासहितका स्थानीय तहले पनि कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेका छन् ।
निर्धारित समयसीमा (असार १० भित्रै) आआफ्नो तहको नगर तथा गाउँसभाका परिषद्् सम्पन्न गरेका स्थानीय तहका जनप्रतिनिधिले विकासको प्रतिफल जनतासम्म पु¥याउने गरी कृषिलाई प्राथमिकतामा राखेर योजना बनाइने प्रतिबद्धता जनाएका छन् । “हामीले कृषिक्षेत्रका कामलाई समृद्धिसँग जोडेर प्राथमिकतामा राखेका छौँ”, सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले भन्नुभयो ।
जिल्लाका १५ स्थानीय तहमध्ये १४ ले मङ्गलबारसम्म आआफ्नो तहको गाउँ तथा नगरसभाका परिषद्् सम्पन्न गरिसकेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट पेस गर्ने असार १० भित्रको कानुनी व्यवस्थाको स्वीकृत तालिका छ । यसअनुसार अब जिल्लामा बजेट प्रस्तुत गर्न नसकेको जलेश्वर नगरपालिकामात्र छ ।
जिल्लाका सबैजसो स्थानीय तहले कृषि प्राथमिकताका कुरा उठाएपछि आम किसानमा केही आशा पलाएको छ । मुख्य कुरा सिँचाइको प्रबन्ध, बीउमल र प्रविधिमा ध्यान दिनसके आफ्ना दिन फिर्ने सपना सँगालिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो बताउनुहुन्छ । “कृषिलाई प्राथमिकतामा राखिएको त सुन्यौ, यो कागजमा सीमित नहोस्, हामीसम्म आइ पुगोस्”, महतोले भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द