2026-10-05 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रुख

काठमाडौँ | जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रुख ढालिएका छन् ।

पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएका डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ ।

“गत मङ्गलबारदेखि बिहीबार रातिसम्म यी रुख काटिएको हुनुपर्छ । जेनजी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रुख ढालिएका हुन्”, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भननुभयो, “यो जघन्य अपराधमा संलग्नको खोजी भइरहेको छ ।” गढन्ता सडक छेउका नौ र अरु रुख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।

गत मङ्गलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उहाँको भनाइ छ । उनीहरुले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार (टुटेश्वर र गणन्ता सडक) छेउका रुख ढालेका हुन सक्ने अहिले उहाँको भनाइ छ ।

शुक्रबार सर्वसाधारण र कर्मचारीको आउजाउ बढेपछि ढालिएका रुख देखिएका हुन् । डिभिजन वन कार्यालयले तत्काल यस घटनामा संलग्नको खोजतलास थालेको छ । “हामीले सुक्ष्म तबरले अनुसन्धान थालेका छौँ, घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ”ं, डिभिजन वन कार्यालय प्रमुख तथा वरिष्ठ वन अधिकृत मिश्रले भन्नुभयो ।

दुवै सडक छेउका रुख काटिएका हुँदा यो सडक विस्तार प्रयोजनले काटिएका हुन् कि भन्ने वन अधिकारीहरुको अनुमान छ । “सबै रुख सडक छेउकै काटिएका छन् । तस्करले काटेका भए अलिभित्र झट्ट आँखा नपर्ने ठाउँ छान्थे होलान् भन्ने लाग्छ”, मिश्र भन्नुहुन्छ, “यसबारे बर्दिवास नगरपालिकाका जनप्रतिनिधि र गणन्ता तथा टुटेश्वर बस्तीका बासिन्दासँग कुरा बझ्दैछौँ ।”

टुटेश्वर साझेदारी वन उपभोक्ता समिति विसं २०६८ मा बनेको हो । यो वनक्षेत्र ९९८.९८ हेक्टर क्षेत्रफलमा छ । यहाँका ढलापडा (ढलेका, धोद्रिएका र बाढीले बगाएर ल्याएका) रुख डिभिजन वन कार्यालयको प्रत्यक्ष रेखदेखमा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस वनबाट ३० हजार बढी जनसङ्ख्या लाभान्वित छन् । यस साझेदारी वनबाट लाभ लिने गौशाला नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८ एवं बर्दिवास नगरपालिका–५ का उपभोक्ता छन् । यस वन क्षेत्रमा बहुमूल्य मानिने सालका रुख ४२ प्रतिशतमाथि रहेका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा विभिन्न साझेदारी, सामुदायिक, सागरनाथ वन विकास परियोजना, सरकारबाट व्यवस्थित राष्ट्रिय वन, कवुलियती र धार्मिक वनसहित जम्मा २२ हजार दुई सय ४६ हेक्टर वनक्षेत्र रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल र अतिक्रमणको चपेटामा वन पर्दै आएको छ ।

विसं २०३६ को जनमतसङ्ग्रहको रापतापको बेलामा निकै वन फडानी भएको वनक्षेत्र नजिकका बस्तीका बुढापाका सम्झन्छन् । प्रत्येकजसो राजनीतिक आन्दोलनको रापतापमा वनक्षेत्र मासिने, फाँडिने र अतिक्रमणको चपेटामा पर्ने गरेको बर्दिवास–५ गणन्ताका बासिन्दा करिब ९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वा सम्झनुहुन्छ ।

विसं २०३६ यता विभिन्न आन्दोलनको समयको सेरोफेरोमा वन फाँडेर बस्ती बसाउने क्रमले राजनीतिक संरक्षण प्राप्त गर्दा यहाँ पाँच हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको वन अधिकारी नै स्वीकार गर्छन् ।

जिल्लामा ७६ सामुदायिक, तीन साझेदारी, एक धार्मिक, राष्ट्रिय वन, कवुलियत वन र सागरनाथ वन विकास परियोजनाका वन प्लट छन् । जसमा सबैभन्दा बढी सामुदायिक वन सात हजार नौ सय ४५, सागरनाथ वन विकास परियोजना छ हजार दुई सय ४५, साझेदारी वन चार हजार सात सय ९१, राष्ट्रिय वन तीन हजार दुई सय ४५, धार्मिक वन २१.०५ र कवुलियती वन १९.३४ हेक्टरमा रहेको डिभिजन वन कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर