११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

काठमाडौँ |  पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो ।

‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ । जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तरक्रिया, सडकमा सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्नेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सप्ताहव्यापी कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरणका अभियान सञ्चालन गर्ने बताउनुभयो । ‘‘कार्यालयले नियमित रुपमा नै ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्दै आइरहेको छ,’’
उहाँले भन्नुभयो,‘‘अहिले विशेष कार्यक्रमको रुपमा ट्राफिक जनचेतना अभियान सुरुवात गरेका छौँ ।’’ पर्सा जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षभरिमा भने सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले कार्यालयले अभियान अन्तरगत विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफल गरेर जनचेतनालाई अभिवृद्धि गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा पर्साका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक समाज लगायतका दुई हजारभन्दा धेरैको उपस्थिति रहेको थियो ।

ट्राफिक जनचेतना अभियान वीरगञ्जको घण्टाघर, आर्दशनगर, अलखिया मठ हुदैँ फेरि वीरगञ्ज घण्टाघरमा आएर जनचेतना अभियान सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी