२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

२०८२, २३ जेष्ठ बिहीबार १३:१४

काठमाडौँ |  पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो ।

‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ । जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तरक्रिया, सडकमा सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्नेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सप्ताहव्यापी कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरणका अभियान सञ्चालन गर्ने बताउनुभयो । ‘‘कार्यालयले नियमित रुपमा नै ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्दै आइरहेको छ,’’
उहाँले भन्नुभयो,‘‘अहिले विशेष कार्यक्रमको रुपमा ट्राफिक जनचेतना अभियान सुरुवात गरेका छौँ ।’’ पर्सा जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षभरिमा भने सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले कार्यालयले अभियान अन्तरगत विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफल गरेर जनचेतनालाई अभिवृद्धि गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा पर्साका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक समाज लगायतका दुई हजारभन्दा धेरैको उपस्थिति रहेको थियो ।

ट्राफिक जनचेतना अभियान वीरगञ्जको घण्टाघर, आर्दशनगर, अलखिया मठ हुदैँ फेरि वीरगञ्ज घण्टाघरमा आएर जनचेतना अभियान सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन