३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउनबाट चुक्यौँः उपसभापति खड्का

१३ असार २०८२, शुक्रबार १६:५७

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउन चुकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पु¥याउन नसकिएको बताउनुभएको हो ।

“नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पु¥याउन भने सकिरहेका छैनौँ । त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ,” उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पु¥याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरुले सो पु¥याउन मद्दत पु¥याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।”

उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पु¥याउन नसकेको गुनासो व्यक्त गर्नुभयो । “मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा नेपाली कांग्रेसको भूमिका अहम् छ”, उहाँले भन्नुभयो, “हामीले गरेका कामलाई जनतामाझ पु¥याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।” उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतीर पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दावी गर्नुभयो ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले असार १३ र १४ गते मधेश प्रदेशका आठवटै जिल्लाका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’