२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साको दुग्धेश्वनाथ महादेव मन्दिरमा बिहानैदेखि दशनार्थीको भीड

२०८२, ३० असार सोमबार १२:०५

काठमाडौँ | पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुुइँचो लागेको छ । आज साउन कृष्ण चतुर्थी भएकाले मन्दिरमा स्वदेशी र भारतीय दर्शनार्थीहरूको भीड लागेको छ ।

पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले दुग्धेश्वनाथ महादेव मन्दिर अर्थात् रामभौरी भाथा धाममा यही असार २७ गतेदेखि नै दशनार्थीहरूको सहभागी हुन थालेका जानकारी दिनुभयो ।

“रामभौरी भाथाधाम मधेश प्रदेशका सर्वसाधारण जनताको मात्रै नभएर छिमेकी मुलुक भारतको विहार राज्यका जनताको आस्था र धरोहरका रूपमा रहँदै आइरहेको छ,” उहाँले भन्नुभयो, “यहाँ सोमबार दर्शन गर्ने दशनार्थीको घुइँचो नै लाग्ने गर्छ ।”

अध्यक्ष चौधरीले साउन महिनाभरि चल्ने मेलाका लागि पालिकाले सडक, खानेपानी, शौचालयलगायतका अत्यावश्यक अस्थायी संरचना तयार पारिसकेको जानकारी दिनुभयो ।

“साउन महिनाभरि लाखौँ सङ्ख्यामा दशनार्थीहरू आउने गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “हामीले स्थानीय प्रशासनसँगको समन्वयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको आवश्यक सुरक्षा व्यवस्थासमेत मिलाएका छौँ ।”

मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको दीर्घकालीन विकास र संरक्षणका लागि आवश्यक काम हुन नसकेको गुनासो गर्नुभयो । आज बिहानदेखि दर्शनार्थी महादेव भगवान्को दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भएको उहाँले बताउनुभयो ।

“भारतका विभिन्न राज्यबाट आइतबार बेलुका नै हजारौँ दर्शनार्थी मन्दिर प्राङ्गणमा आइसक्नुभएको छ । टाढा–टाढाका दर्शनार्थी अघिल्लो दिनमै आउने गर्नुहुन्छ । रातभर महादेवको आराधाना गरेर बिहानै जल चढाएर पूजापाठ गरेर जाने गर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

मन्दिर दर्शन गर्न दशनार्थी चारपाङ्ग्रे सवारीसाधन, ट्याक्टर, मोटरसाइकलमा तथा केही व्यक्तिहरु पैदल हिँडेरै आउने गर्छन् । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम पनि हुन्छ, त्यसैले बेलुका ७ बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ । अन्य याममा भने पूर्णतया यहाँ जान रोक लगाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे