२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट

२०८२, २८ भाद्र शनिबार १३:५४

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।

प्रदर्शनकारीले वीरगञ्ज महानगर परिसरमा रहेका साना–ठूला आधा दर्जन भवन र डेढ दर्जनभन्दा धेरै सवारीसाधनमा आगजनी गरेर क्षति पु¥याएका छन् । वीरगञ्ज महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्ण वीरगञ्ज महानगरका आधा दर्जन भवन जलेर नष्ट भएको बताउनुभयो । “वीरगञ्ज महानगर परिसरमा छ वटा भवन रहेका छन् । तीमध्ये सबैजसो भवन जलेका छन्”, उहाँले भन्नुभयो, “जलेका भवनमा महानगरको कार्यालय सञ्चालन गर्न सक्ने अवस्थामा रहेका छैनन् ।”

जेनजी प्रदर्शनीमा अराजक समूहले महानगरका महत्वपूर्ण कागजात जलाएर खरानी बनाइदिएपछि महानगर कसरी सञ्चालन गर्ने चुनौती थपिँदै गइरहेको छ । यद्यपी अहिले वीरगञ्ज महानगरका सरसफाइ कर्मीले परिसर वरपर सरसफाइका कामलाई अघि बढाउँदै आइरहेका छन् । “महानगरका विभिन्न शाखा तथा महाशाखाका लगभग सबैजसो कागजात तथा कुर्ची टेलब लगायतका फर्निचर आगजनी तथा चोरी गरेर लगेका छन”, उहाँले भन्नुभयो, “कम्प्युटर, प्रिन्टर्स, कम्प्युटरको हार्डड्राइभलगायतका अत्यावश्यक उपकरण चोर्ने र जलाउने दुवै भएका छन् । सबैको व्यवस्थापन गरेर पहिलाकै अवस्थामा फर्किन अझै लामो समय लाग्ने देखिन्छ ।”

प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कर्णले प्रदर्शनकारीले १३ वटा सवारीसाधन र सात वटा मोटरसाइकल जलाएर नष्ट पारेको जानकारी दिनुभयो । “वीरगञ्ज महानगरमा गत मङ्गलबार साढे १२ बजेपछि आक्रमण गरेर आगजनी तथा नष्ट गर्ने काम सुरुवात भएको थियो”, उहाँले भन्नुभयो, “अहिले महानगरको ९५ प्रतिशत संरचनामा क्षति भएको छ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगरको यान्त्रिक महाशाखाका प्रतिनिधि जयराम महतोले वीरगञ्ज महानगरका १३ वटा सवारीसाधन जलेर नष्ट भएको बताउनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ल्याएको एउटा सवारीसाधन जलेर नष्ट भएको छ । एक जना ठेकेदारको एउटा गाडी जलेर नष्ट भएको छ”, उहाँले भन्नुभयो, “तीन वटा विद्युतीय रिक्सा पनि जलेर नष्ट भएका छन् ।”

उहाँले सवारीसाधन जल्दा करिब रु आठ करोड बराबरको क्षति भएको दाबी गर्नुभयो । यसैबीच वीरगञ्ज महानगरको नगरप्रहरीले महानगरको सामान लुटपाट गरेर लैजानेसँग फिर्ता ल्याउने अभियान अघि सारेको छ । महानगरबाट लुटपाट गरेका सामान बिहीबारदेखि फिर्ता ल्याउने अभियान अघि सार्दै आइरहेको छ ।

वीरगञ्ज महानगरले पछिल्लो समय हार्डडिस्क नौ थान, केबल टेस्टर एक थान, कन्भर्टर तीन थानलगायतका सामान बरामद गरेको छ । त्यस्तै गरी टेबल, कुर्सी, फर्निचरलगायतका बरामद गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ