2026-10-07 09:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

राजविराज नगरपालिकामा पदभार ग्रहणको प्रयासमा झडप, उपमेयर भवनभित्र थुनिइन्

काठमाडौँ । राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउने क्रममा झडप भएको छ।

निलम्बनमा रहेका नगर प्रमुख भीमराज यादवद्वारा लगाइएको तालाबन्दीलाई फोडेर कार्यवाहक मेयर इसरत परविनले भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोजेपछि विवाद चर्किएको हो।

झडपका कारण उपमेयर परविन कार्यालय भवनभित्रै थुनिएकी छन्। आन्दोलन चर्किएपछि उनी झन्डै तीन घण्टादेखि बाहिर निस्कन सकेकी छैनन्। स्थिति नियन्त्रणमा राख्न ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

निलम्बित मेयर यादवले राज रंगशाला स्तरवृद्धिसम्बन्धी भ्रष्टाचार मुद्दाका कारण पदबाट निलम्बनमा परेपछि कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै आएका थिए। उनले कार्यालयमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।

यादवका समर्थकहरूले उपमेयरलाई कार्यालयको कोठामा थुनिएको जनाइएको छ। त्यस्तै, प्रदर्शनकारीहरूले नगरपालिकाको कार्यालय भवनमा तोडफोड गर्दै सिसा फुटाएका छन्।

झडपका क्रममा लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासमाथि कुटपिट भएको छ। घाइते लेखापाल दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ।

डा. श्रवण साहको स्थानमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिइएपछि उत्पन्न विवादका कारण अहिले नगरपालिकाको अवस्था तनावग्रस्त रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो