२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

सिरहाका २२ गाविस खुल्ला दिसामुक्त

२०७३, ३ मंसिर शुक्रबार ०४:०९

मङ्सिर ३, लहान । सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ । 

घरघरमा शौचालयको पहुँच पु¥याएर खुल्ला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २२ वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । घोषणा गर्न बाँकी ४१ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको प्रमुख कुशवाहाले बताउनुभयो । 

सिरहाका विभिन्न नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र जिल्लाको तुलसीपुर, पिप्रा प्रपी, सीतापुर प्रध, खुरकियाँही, डुमरी, महनौर र बेला गाविस तथा सिरहा नगरपालिका—१४ खिरौना, सुखीपुर नगरपालिका–४ र गोलबजार नगरपालिका–१ मुक्सारलाई मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको प्रमुख कुशवाहाले जानकारी दिनुभयो । 

सरसफाइको दृष्टिकोणले नेपालको ७४औँ स्थानमा रहेको सिरहामा शौचालयको पहुँचसँगै सरसफाइको अवस्थामा सुधार आएको छ । शौचालय निर्माण अभियान सुरु हुँदा सिरहामा शौचालयको पहुँचमा २१.२ प्रतिशत घरधुरी रहेकामा हाल ६७ प्रतिशतमा शौचालयको पहुँच पुगेको जिल्ला खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय, लहानका इन्जिनियर कृष्ण साहले बताउनुभयो । 

सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध