२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

२०८२, १० असार मंगलवार १६:३१
काठमाडौँ । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ ।
गत चैतदेखि कमला नदीमा जलप्रवाह कम भएपछि बन्द गरिएका नहर पुनः सञ्चालनमा आएका हुन् । रोपाइँको मुख्य समयमा किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउन समयमै नहर सञ्चालनमा ल्याइएको कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवले बताउनुभयो । “धान रोपाइँको मुख्य समयलाई ध्यानमा राख्दै नहर प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो, गत चैत यता कमला नदीमा जलप्रवाह कम भएकाले अस्थायी रूपमा नहर बन्द गरिएको थियो, अहिले नदीमा आवश्यक मात्रामा पानी उपलब्ध भएपछि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “नहरमा पर्याप्त पानी प्रवाहसँगै किसानले समयमै सिँचाइ पाउनेछन् भन्ने अपेक्षा गरेका छौँ ।”
सिँचाइ व्यवस्थापन कार्यालय प्रमुख यादवका अनुसार पहिलेका वर्षमा साउन १ गतेदेखि मात्रै नहर सञ्चालन गरिने परिपाटीलाई तोडेर विगत तीन वर्षदेखि असार पहिलो हप्ताबाटै नहरमा पानी प्रवाह गर्न थालिएको हो । असारबाट सञ्चालन हुने नहर कात्तिकसम्म चालु रहन्छ । त्यसपछि छठ पर्व विशेष सञ्चालन गरिने प्रमुख यादवले जानकारी दिनुभयो ।
पच्चिस हजार हेक्टरमा सिँचाइ सुविधा
कमला सिँचाइ प्रणाली मधेश प्रदेशकै प्रमुख सिँचाइ योजनामध्ये एक हो । त्यसले धनुषा र सिरहामा गरी २५ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याइरहेको छ । यो आयोजना मार्फत करिब ४० हजार घरपरिवार लाभान्वित भएका छन् ।
धनुषाको पश्चिमी नहर प्रणालीमार्फत करिब १२ हजार ५०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यसमा गणेशमान चारनाथ, सबैला, सहिद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिका रहेका छन् ।
त्यस्तै, सिरहामा १२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । सिरहाका कर्जन्हा, मिर्चैया, कल्यानपुर, सिरहा र सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिका यसमा समावेश छन् ।
किसानलाई ठूलो राहत
हाल मनसुनी वर्षा असमान रहँदा किसान सिँचाइ प्रणालीमा झन् बढी निर्भर भइरहेका छन् । यस्तो अवस्थामा समयमै सुरु गरिएको नहर सञ्चालनले यहाँका किसानलाई बाली लगाउने काममा सहजता ल्याएको छ । किसानहरू समयमै सिँचाइ पाउने भएपछि उत्साहित छन् । साथै उनीहरुको कमला सिँचाइको नियमित सेवा सुनिश्चित गरिनुपर्ने माग पनि बढ्दो छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ