२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

८० वर्षीय वृद्धको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या

१५ श्रावण २०८२, बुधबार १४:४६

काठमाडौँ | सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । “घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा उहाँलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थियौँ”, उनले भने ।

घटनापछि उनलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यसैबीच, प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

प्रहरी नायब उपरीक्षक पासवानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशङ्का गरिएको छ । उनले भने, “हत्यासम्बन्धी घटनाको अनुसन्धान तीव्र पारिएको छ, दोषी पहिचान भएसँगै कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु