३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सत्ताइस लाखमा कैलालीमा नक्षत्र बाटिका निर्माण

२९ जेष्ठ २०८२, बुधबार ११:४०

काठमाडौँ । गौरीगङ्गा नगरपालिका–१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र बाटिका निर्माण भएको छ ।

प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले नक्षत्र बाटिका निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताउनुभयो ।

वन उपभोक्ता समितिमार्फत प्रदेश सरकारको रु २७ लाखको लागतमा सो बाटिका निर्माण गरिएको हो । वास्तुशास्त्रअनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर बाटिका निर्माण गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो । पूर्वीय दर्शनअनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्रअनुसारको २७ प्रजातिका बिरुवा पनि रोपिएका छन् ।

बाटिकामा २७ नक्षत्रअनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिट्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कङ्केरो, सिमल, राजवृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पिपल र वेत गरी २७ प्रजातिका बिरुवा रोपिएको उपभोक्ता समितिका सदस्य धर्म सारुमगरले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड