2026-08-04 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

दूध बिक्री गरेर मासिक एक लाख आम्दानी

काठमाडौँ | कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का जगदिशप्रसाद पाण्डेय दुबईमा रोजगारी गर्दै आउनुभएको थियो । विसं २०७६ मा बुबाको निधन भएपछि स्वदेश फर्किएका उहाँले पुनःरोजगारीका लागि दुबई जाने निधो गर्नुभयो । यसका लागि टिकट समेत तय भइसकेको थियोे । तर कोभिड सङ्क्रमणका कारण अन्तरराष्ट्रिय उडान बन्द भएपछि उहाँको दुबई जाने सपना पूरा भएन ।

वैदेशिक रोजगाजारीमा जान नसकेपछि उहाँले जीविकोपार्जनका लागि स्वदेशमै केही गर्ने उपाय खोज्नुभयो । यसपछि उहाँले रु ३० हजारमा एउटा गार्ई खरिद गर्नुभयो । “रोजगारी भएन कोभिडले वैदेशिक रोजगारीमा समेत जान पाइएन त्यसपछि जीविकोपार्जनका लागि केही गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “त्यसबेला दूधको माग बढी थियो त्यही भएर मैले गाई पाल्न सुरु गरे माग धेरै आउन थालेपछि छ महिनापछि अर्को गाई थप गरे ।”

दूध बिक्री गरेरै छ महिनामा गाई किनेको रकम असुल भएपछि उहाँलाई स्वदेशमै पनि दूध बिक्री गरेर आम्दानी गर्न सकिने रहेछ लाग्यो । गाईको दूधभन्दा भैँसीको दूधको माग बढी आउन थालेपछि उहाँ व्यावसायिक रुपमा भैँसीपालनमा लाग्नुभयो । सुरुआतमा तीन भैँसी खरिद गरेर भैँसीपालन सुरु गरेका उहाँको फार्ममा अहिले सानाठूला गरी ३२ वटा भैँसी छन् । “छ महिनामै गार्ई किनेको रकम असुल भएपछि थप अर्को गाई थपे त्यसपछि पनि दूधको धेरै माग आउन थाल्यो गाईको भन्दा भैँसीको दूध खोज्ने धेरै आए”, पाण्डेयले भन्नुभयो, “त्यसपछि मैले तीन वटा भैँसी ल्याएर भैँसीपालन सुरु गरे दूधको माग धेरै आउन थालेपछि हरेक वर्ष भैँसी थप्दै गए ।” अहिले दुई पटक दूध दिने पाँच वटा र बिहान एक पटक दूध दिने सात वटा भैँसीबाट दैनिक ४० लिटर दूध बजारमा बिक्री हुने गरेको छ । उहाँले भैँसीपालन गरेर तीन जनालाई रोजगारी समेत दिनुभएको छ ।

उहाँको काममा उहाँका श्रीमती सरस्वती पाण्डेयले समेत सहयोग गर्नुभएको छ । “अहिलै दैनिक ४० लिटरसम्म दूध बिक्री हुने गरेको छ, प्रतिलिटिर रु ९० का दरले गाउँ घरमै दूध बिक्रि हुने गरेको छ ।” उहाँले भन्नुभयो, “भैँसीपालनबाट आएको आम्दानीले नै छोराछोरीको पढाइ खर्च र जीविकोपार्जन भइरहेको छ ।” उहाँका छोरा सिभिल इञ्जिनियरिङ र छोरी एमबिबिएसमा अध्ययनरत छन् । “ग्राहकले माग गरे अनुसार घरमै दूध उपलब्ध गराउँछाँै”, उहाँले भन्नुभयो, “दूध बिक्रीबाटै छोराछोरीको पढाइ खर्च र घरको जोहो गर्दै आएका छौँ ।” दूध मात्रै होइन पाण्डेय दम्पतीले गोबर मलबाट र पाडापाडी बिक्रीबाट समेत आम्दानी गर्दै आउनुभएको छ । “दूध बिक्रिबाट वार्षिक रु १२ लाख आम्दानी हुन्छ, तीन लाखको गोबर मलबाट आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “सबै गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी हुने गरेको छ ।” आफ्नै एक बिघा जग्गामा भैँसी फार्म सञ्चालन गरेका उहाँले भैँसीका लागि आवश्यक पर्ने घाँसका लागि पाँच बिघा क्षेत्रफल जमिन भाडामा लिएको बताउनुभयो ।

“अहिलेसम्म फार्ममा मैले रु ६५ लाख लगानी गरिसकेको छु तीन जनालाई रोजगारी दिएको छु, छ बिघा जग्गा प्रतिबिघा वार्षिक रु ३० हजारका दरले भाडामा लिनुभएको छु”, उहाँले भन्नुभयो, “दुई बिघा जग्गामा घाँस र बाँकी जग्गामा अन्न लगाएको छु ।” भैँसीपालनमा दूधदेखि गोबर मलसमेत बिक्री हुने गरेकाले स्वदेशमै मेहनत गरे घाटा नहुने उहाँको भनाइ छ ।

विदेशकोभन्दा आफ्नै देशमा व्यवसाय गरेर आम्दानी गर्दा खुसी लाग्ने गरे पनि व्यवसाय गर्ने युवालाई सरकारीस्तरबाट पर्याप्त सहयोग हुन नसकेको उहाँले गुनासो गर्नुभयो । उहाँले दूध बिक्रीबाट भइरहेको आम्दानीबाट खुसी भएको बताउँदै वास्तविक किसानलाई राज्यले सहयोग गर्नसके स्वदेशमै मेहनत गर्नेहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी सुनसरी घटनामा घाइते भएकामध्ये अर्का एक जना युवकको मृत्यु सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री बालेन मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो प्रधानमन्त्री शाह र प्रधानसेनापतिबिच भेटवार्ता सुनकोसी नदीमा वेपत्ता कार र यात्रुको मंगलबार बिहानैदेखि खोजी कार्य जारी सुनचाँदीको मूल्य घट्यो हामी राष्ट्रिय राजनीतिको मूलधारबाट झण्डैझण्डै टाढिने अवस्थामा छौँ: शंकर पोखरेल ​विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने