2026-09-03 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

पुनः सम्बन्धमा रहन आग्रह गर्दै पूर्व प्रेमिकाको कार्यालय बाहिर २१ घण्टासम्म घुँडा टेकेर बसेपछि…

एजेन्सी | एक युवक पूर्व प्रेमिकाको कार्यालय बाहिर २० घण्टाभन्दा बढी समयसम्म घुँडा टेकेर बसेका छन् । चीनको सिचुवान प्रान्तका ती युवकले आफूसँग पुनः सम्बन्धमा रहन  आग्रह गर्दै यसो गरेका थिए ।

दाझहाउ सहरमा रहेको पूर्व प्रेमिकाको कार्यालय बाहिर युवकले २१ घण्टासम्म घुँडा टेकेर बसेपछि उनी चीनको सोसल मिडियामा चर्चाको विषय बनेका छन् । ती युवक मार्च २८ तारिखमा दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान १० बजेसम्म घुँडा टेकेर बसेको अडिटी सेन्ट्रलले बताएको छ । रातो गुलाफको बुके अगाडि राखेर सडकमा घुँडा टेकेर बसेका ती युवकलाई सुरुमा कसैले वास्ता गरेनन् तर घण्टौँ बितिसकेपछि भने मानिसहरूले उनलाई ‘किन यस्तो गरेको ?’ भनेर सोध्न थाले । पछि उनीबारे ठुलो जमातलाई थाहा भयो । 

‘घुँडा नै टेकेर बस्नु पर्दैनथ्यो । तिमी यत्तिका बेर बाहिर यसरी बसिराख्दा तिम्री प्रेमिका आइन् त ?’ ली थर भएका एक व्यक्तिले भने ।

त्यहाँ उपस्थित धेरै मानिसले उनलाई आफूलाई दुःख दिन बन्द गर्न आग्रह गरे तर उनले कसैले भनेको सुनेनन् । कसैले प्रहरीसमेत बोलाए तर प्रहरीले पनि उनलाई यसो गर्नबाट रोक्न सकेनन् ।

प्रेमिकाले उनलाई केही दिन अघि ब्रेक अप दिएको उनले भनेका छन् । उनी प्रेमिकाको माफी चाहन्छन् र पुनः सम्बन्धमा रहन आशावादी छन्,’ एक प्रहरी अधिकारीले भने ।

‘म यहाँ घुँडा टेकेर बस्नु कानुन विपरीत छ र ? यदि यो अवैधानिक होइन भने कृपया मलाई एक्लै छोडिदिनुहोस्,’ प्रहरीले उनलाई यसो गर्न रोकेपछि ती युवकले भने ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ती युवक दुःखी हुँदै बुके लिएर फर्किए  । सायद उनले त्यहाँको चिसो त्योभन्दा बढी सहन सकेनन् । 

ती युवकको प्रेमिकासँग किन ब्रेक अप भयो भन्ने स्पष्ट जानकारी प्राप्त छैन । उनले २१ घण्टा घुँडा टेकेर बस्दा उनकी पूर्व प्रेमिका त्यहाँ थिइन् कि थिइनन् भन्ने पनि जानकारीमा उल्लेख छैन । यद्यपि, उनको व्यवहार धेरैलाई चित्त भने बुझेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही