2026-09-03 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

साउन १२, काठमाडौँ | भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको  चिट्ठा जितेका छन् ।  यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।

चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने  बताएका छन् ।

यी महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।

यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।

चिट्ठा जितेकी राधाले भनिन्, ‘ हामीले पैसा जम्मा गरेर चिट्ठाको टिकट किनेका थियौँ । एक अर्कासँग पैसा माग्यौँ । यसअघि पनि धेरै पटक टिकट किनेका थियौँ तर यति ठुलो रकम जितेको यो पहिलो पटक हो । पत्याउनै सकिनँ ।’

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिट्ठा जितेकी शिजाले भनिन्, ‘जोसँग ऋण लिएका थियौँ त्यो तिर्नेछौँ । छोरीहरूको बिहे गर्नु छ । कोही नजिकका आफन्तको उपचार गर्नु छ ।’

चिट्ठा जितेका महिलाहरू निकै मेहनती र परिवारको एक मात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।

एउटी महिलाले भनिन्, ‘यो पैसा के गर्ने, त्यो थाहा छैन । हरेक महिलाको जीवनमा आफ्नै चुनौती छ । हामी जे काम गरिरहेका थियौँ, त्यसैले घर चलिरहेको थियो । हामी यो काम छोड्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही