2026-09-03 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका

एजेन्सी | सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खबर आयो । केही युवा यसको जरामा पुग्न चाहे । लोडसेडिङ भएपछि के भएको रहेछ भनेर अनुसन्धान गर्न थाले ।  तर केही दिनको अनुसन्धानपछि युवकले सधैँ बत्ती जानुको चुरो कुरा पत्ता लगाए ।

खासमा गाउँकी एक युवतीले राती आफ्ना प्रेमीलाई भेट्नका लागि बिजुली बन्द गर्ने रहिछिन् । यसबारे पत्ता लगाएपछि ती युवकहरूले उनीहरूलाई रंगेहात समात्ने निर्णय गरे ।

घटना बिहारको बेतिया गाउँको हो । प्रीति कुमारी नामकी एक युवतीले आफ्ना प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली आपूर्ति बन्द गरिदिन्थिन् । छिमेकी गाउँका युवक राजकुमारसँग प्रीतिको माया बसेको थियो । आफ्नो सम्बन्धलाई गोप्य राख्न प्रीतिले यस्तो तरिका अपनाएकी थिइन् । 

‘प्रीतिले प्रत्येक दिन बिजुली आपूर्ति बन्द गरिदिन्थिन् जसका कारण गाउँमा चोरको बिगबिगी बढेको थियो । हामीलाई ती युवतीले साह्रै दुःख दिइन्,’ एक छिमेकीले इन्डिया टुडेलाई भने ।

यी दुईको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा प्रीतिले आफ्ना प्रेमीलाई स्थानीयबाट जोगाइरहेको देख्न सकिन्छ । आक्रोशित स्थानीयले राजकुमारलाई कुट्ने धम्की दिइरहेका थिए । कोहीले राजकुमारलाई लट्ठीले एक दुई पटक हानेकोसमेत देख्न सकिन्छ । ती व्यक्ति त्यहाँबाट कसैगरी भागे र बदला लिन गाउँका केटाहरूलाई उठाएर ल्याए ।

अन्ततः घटनालाई साम्य पार्न दुई गाउँका स्थानीय बसेर यी जोडीको विवाह गर्ने मिति तोकियो । यी दुईले अब छिट्टै नै एक स्थानीय मन्दिरमा विवाह गर्दै छन् ।

प्रीतिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने तरिका सायद भारतकै एक इलेक्ट्रिसियनबाट सिकेकी हुन् । भारतमा एक इलेक्ट्रिसियनले आफ्नी प्रेमिकालाई गोप्य तरिकाले भेट्न पूरै गाउँको बिजुली आपूर्ति बन्द गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही