2026-09-03 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

चिया पकाउन ढिलो गरेको भन्दै घाँटी थिचेर पत्नीको हत्या

एजेन्सी | छिमेकी देश भारत मध्य प्रदेशको ग्वालियरमा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् ।

समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् । यसबाट रिसाएर श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगेको प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको औँला र शरीरमा लागेको निशानबाट हत्या नै भएको हो । आरोपित श्रीमानलाई हिरासतमा लिएर कडाइका साथ सोधपुछ गरिएको छ । घटना सहरको विश्व विद्यालय प्रहरी चौकी क्षेत्र अन्तर्गतको थाटीपुर गाउँमा भएको हो । स्थानीय मोहित रकम भन्ने युवकले आफ्नी २२ वर्षीया पत्नी साधना रजकलाई चिया ढिलो पकाएको विषयमा भएको विवादमा सुरुमा पत्नीमाथि कुटपिट गरेर अन्त्यमा घाँटी थिच्दै नृशंस तरिकाले हत्या गरेका हुन् ।

युवकले प्रहरीसमक्ष अपराध स्वीकार गरिसकेको बताइएको छ । उनीहरुबीच सन् २०२१ मा बिहे भएको थियो । ती युवकमाथि हत्याको अभियोगमा मुद्दा दर्ता गरिएको हाल हिरासतमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही