2026-10-23 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

महिलाले २० मिनेटमा पिइन् यति लिटर पानी, तत्काल मृत्यु

साउन २१, काठमाडौँ | पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । पानी पिउँदा शरीरका सबै विषाक्त पदार्थ बाहिर निस्कन्छ । कुनै पनि व्यक्तिले दिनभरिमा २ देखि ३ लिटर पानी पिउनुपर्छ भनिन्छ । तर कहिलेकाहीँ आवश्यकताभन्दा बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । हालै एक महिलामाथि यस्तै भएको छ । एश्ले समर्स नामकी यी महिलाको अचानक एक विकेन्ड ट्रिपका क्रममा मृत्यु भयो । ३५ वर्षकी एश्ले आफ्ना श्रीमान्, ८ र ३ वर्षका दुई छोरीसँग दुई दिनका लागि विकेन्डमा बाहिर गएकी थिइन् । अन्तिम दिनमा उनी अचानक बिरामी भइन् ।

एश्लेका भाइ डेभोन मिलरले wrtv.com सँग गरेको कुराकानीमा एश्लेको सामान्य दिनमा पनि धेरै पानी पिउने बानी भएको जानकारी दिए । अमेरिकी राज्य इन्डियानको भ्रमणका बेला उनले बोटिङ गरिन् । भ्रमणका बेला एश्लेलाई डिहाइड्रेसनको समस्या हुन थाल्यो, मौसम गर्मी थियो । यसै कारण उनलाई लगातार टाउको दुखिरहेको थियो । त्यसैले शरीरलाई हाइड्रेट गर्नका लागि एश्लेले केही मिनेटभित्र लगभग दुई लिटर पानी पिइन् । जानकारीका अनुसार एश्लेले २० मिनेटभित्र ४ बोतल पानी पिइन् । ती बोतलमा आधा लिटर पानी थियो । साधरणतया यति पानी पिउन कोही व्यक्तिलाई दिनभरिको समय लाग्छ ।

वाटर टक्सिसिटीका कारण भयो मृत्यु

यति पानी पिएपछि एश्ले अचानक ढलिन्, त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो र आइसियुमा भर्ना गरियो । तर त्यहाँबाट उनी कहिल्यै फर्किएर आइनन् । अस्पतालले एश्लेको अचानक मृत्युको कारण वाटर टक्सिसिटी बताएको छ ।

परिवारले बताए अनुसार एश्लेको दिमाग सुन्निएका कारण शरीरको अङ्गमा रगतको आपूर्ति बन्द भएको थियो । वाटर टक्सिसिटीको समस्या हुन त निकै दुर्लभ मानिन्छ तर कोही व्यक्तिले आवश्यकताभन्दा बढी पानी कम समयमा पिएको खण्डमा यस्तो हुन्छ । कम समयमा धेरै पानी पिउँदा यसमा भएका इलेक्ट्रोलाइट्स रगतमा घोलिने गर्छ । यसको लक्षणको कुरा गर्ने हो भने मानिसलाई बान्ता हुने, टाउको दुख्ने हुन्छ । यसका साथै भ्रमित हुने, थकाइ लाग्नेलगायतका समस्या पनि देखिन्छन् ।

एश्लेका भाइले उनले पानीको साटो अरू केही पिएको भए वा बिस्तारै–बिस्तारै पानी पिएको भए उनी जिउँदो हुन्थिन् कि भन्ने आशा राखेका छन् । उनी केही वर्षदेखि डे केयर सेन्टरमा काम गरिरहेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने