2026-09-03 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

‘स्पाइडर म्यान’ बन्न बालकले खतरनाक माकुरालाई टोक्न लगाएपछि…

एजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् । 

अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको हो । नाम नखुलाइएका ती बालकले आफ्नो घर नजिकैको खोलामा खेलिरहेका बेला ब्ल्याक विडो नामको माकुरा देखे । माकुराले टोके परिणाम के होला भन्ने अनुमान नगरीकनै उनले त्यो माकुरालाई समाते र हातमा राखे । माकुराले आफूलाई टोकोस् भनेर उनले यसो गरेका थिए । उनको इच्छा पूरा भयो । त्यसपछि उनी घर फर्किए । घर पुगेपछि उनको शरीर बेस्सरी दुख्न थाल्यो, मांसपेशी बाउँडिन थाले । सुरुमा ती बालकले माकुराले टोकेको कुरा भन्दै भनेनन् तर तीन घण्टासम्म लगातार पीडा भएपछि भने उनले आफूलाई माकुराले टोकेको बताए । 

आत्तिएकी आमाले उनलाई नजिकैको स्वास्थ्य संस्था लगिन् तर उनलाई ओरुरो सहरको अस्पताल जनरल सान जुआन डे डियोसमा रिफर गरियो । माकुराले टोकेको भन्ने जानकारी पाएपछि उक्त अस्पतालका बालरोग विशेषज्ञले ओरुरोको स्वास्थ्य सेवा विभागका जुनोटिक डिजिज प्रोग्रामका प्रमुख अर्नेस्ट भास्क्वेजलाई सम्पर्क गरे । बालकलाई कुन माकुराले टोक्यो भन्ने कुरा उनले अनुसन्धान गरे ।

‘ती बालकले जोखिमको वास्तै नगरी माकुरालाई उठाएर हत्केलाको पछाडि राखे,’ भास्क्वेज इएफई न्युज एजेन्सीलाई भने । ‘हामी सतर्क भयौँ किनभने बच्चाले जुन कारणले माकुरालाई टोक्न लगाएका थिए त्यो साधारण थियो – उनी स्पाइडर म्यान बन्न चाहन्थे ।’

ती बालकका आमाका अनुसार उनको छोरा स्पाइडर म्यानका ठुलो प्रशंसक थिए । तर मार्भेल सुपर हिरोजस्तो बन्न उनले यति जोखिम मोल्छन् भनेर आफूले कहिल्यै नसोचेको उनकी आमाले बताइन् । भाग्यवश, टोक्ने माकुराको प्रजाति पत्ता लाग्यो र डाक्टरले उनलाई उचित एन्टी–भेनम दिए । त्यसपछि बालकको अवस्था ३० मिनेटपछि सामान्य भयो । 

‘शरीरको पछाडिको भागमा रातो रङ हुने यी काला माकुरालाई ब्ल्याक विडोज भनिन्छ । यसले कसैलाई पनि स्पाइडर म्यान बनाउँदैन । यसले त जीवन नै खतरामा पारिदिन्छ,’ भास्क्वेजले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही